कमलामाईमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

सिन्धुली/३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस-२०२६ को अवसरमा कमलामाई नगरपालिका-५सिलामेमा ज्येष्ठ नागरिकसँग अन्तरक्रिया कार्यक्रम गरीएको छ ।

कमलामाई नगरपालिकाको आर्थिक सहयोग तथा कमलामाई नगरपालिका-५ स्थित ज्येष्ठ नागरिक समाजको आयोजनामा कार्यक्रम गरीएको हो ।कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमका क्रममा ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थिया । साथै ज्येष्ठ नागरिकहरूले भोग्दै आएका समस्या, चुनौती र आवश्यकताका विषयमा अन्तरक्रिया गर्दै उनीहरूका सुझाव तथा सल्लाह संकलन समेत गरीएको थियो । सोही अवसरमा सिलामे स्वास्थ्य चौकीको सहकार्यमा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण समेत गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले ज्येष्ठ नागरिकहरू परिवार, समाज र राष्ट्रका अनुभव तथा ज्ञानका अमूल्य स्रोत रहेको बताउनुभयो । त्यस्तै उहाँले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र सहज जीवनयापनका लागि स्थानीय सरकार संवेदनशील र प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

नगर प्रमुख पोखरेलले ज्येष्ठ नागरिकका अनुभव, सुझाव र जीवनभोगाइलाई नयाँ पुस्तासँग जोड्दै पुस्तान्तरणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । साथै ज्येष्ठ नागरिकहरूले उठाएका समस्या तथा दिएका सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्न नगरपालिका निरन्तर प्रयासरत रहने उहाँले बताउनुभयो ।

कार्यक्रमले ज्येष्ठ नागरिकप्रति सम्मान र आत्मीयता अभिवृद्धि गर्नुका साथै उनीहरूका समस्या, आवश्यकता र अपेक्षालाई स्थानीय सरकारसम्म पु¥याउने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख, जिन्सी शाखा प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, विभिन्न संघ-संस्थाका प्रतिनिधि, सिलामे स्वास्थ्य चौकीका कर्मचारी, समाजसेवी तथा स्थानीय ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *