संविधान दिवस तथा राष्ट्रिय दिवसमा सिन्धुली उद्योग वाणिज्य संघद्वारा दीप प्रज्वलन

सिन्धुली/सिन्धुलीमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा सिन्धुली उद्योग वाणिज्य संघले दीप प्रज्वलन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, पत्रकार तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको उपस्थितिमा उद्योग वाणिज्य संघले दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा नेपालको संविधानको महत्व, संविधानको प्रभावकारी कार्यान्वयन तथा राष्ट्रिय एकता र समृद्धिका लागि सबै पक्षको भूमिकाबारे चर्चा गरिएको थियो ।

सहभागीहरूले संविधान दिवसले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य-मान्यता तथा समृद्धिको यात्रालाई थप मजबुत बनाउन प्रेरणा दिने धारणा समेत व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *