रसुवाका बाढीपीडितलाई सिन्धुली रेडक्रसको चार लाख बढी सहयोग

सिन्धुली/रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौको १० गते आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले ४ लाख ५३ हजार २२९ रुपैयाँ सहयोग गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीको बैठकबाट भएको निर्णय तथा सहयोग आह्वान अनुसार नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाअन्तर्गतका ४२ वटै उपशाखा, ९ वटा पालिका शाखामध्ये २ वटा पालिका शाखा तथा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य र कर्मचारीहरूबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

संकलित रकमको बैंक भौचर सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठमार्फत हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका कार्यालय प्रमुख पवन पाख्रिनले जानकारी दिनुभयो ।

पाख्रिनका अनुसार जिल्लामा रहेका नेपाल रेडक्रस सोसाइटीका ४२ वटै उपशाखाले विपद् प्रभावितका लागि आर्थिक सहयोग गरेका छन् भने ९ वटा पालिका शाखामध्ये दुधौली र तीनपाटन गरी दुईवटा पालिका शाखाहरुले समेत सहयोग गरेका छन् ।

उहाँका अनुसार विपद्को समयमा प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र आह्वान अनुसार सहयोग संकलन गरिएको हो । सबै उपशाखाको सहभागिताले विपद्का बेला रेडक्रसको मानवीय भावना र एकताको सन्देशसमेत दिएको उहाँले बताउनुभयो ।

सहयोग गर्ने ४२ उपशाखा मध्ये सुनकोशी उपशाखाले २५ हजार १ रुपैयाँ, बाहुनतिल्पुङले ९ हजार, भिमानले २१ हजार, कपिलाकोटले २ हजार, कल्पवृक्षले १ हजार, लाम्पनटारले ११ हजार, खाङ्साङले ३ हजार ५ सय, सोल्पाठानाले ३ हजार ५ सय, दुधौलीले ३ हजार र टाँडी उपशाखाले १३ हजार ६५ रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै सिर्थौलीले ५ हजार, हर्षाहीले ९ हजार, निपानेले ५ हजार, पोखरीले ३ हजार ३ सय, हत्पत्तेले ५ हजार ७ सय ५, बेलघारीले ४ हजार, भीमस्थानले ३ हजार, रानीचुरीले १ हजार, भद्रकालीले १० हजार १ सय ५५, रतनचुराले २ हजार, जलकन्याले ५ हजार, बाशेश्वरले २ हजार ५ सय, भीमेश्वरले ४ हजार र करकरे उपशाखाले ३५ हजार ८ सय ४० रुपैयाँ सहयोग गरेका छन् ।

माडीबजार उपशाखाले १८ हजार ८ सय २०, बुद्धनगरले ४ हजार ५५, फोस्रेटारले ६ हजार ६ सय ५, सिद्धबाबाले ६९ हजार ५ सय ६३, कुशेश्वर दुम्जाले २० हजार, सित्तलपाटीले ३ हजार, महादेवस्थानले ३ हजार ५ सय, क्यानेश्वरले ५ हजार ५ सय ५५, डाडीगुराँसेले ११ हजार, महेन्द्रझ्याडीले २७ हजार र मझुवाले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी रानीबास-१४ उपशाखाले ५ हजार, तामाजोरले १ हजार, पुरानो झाँगाझोलीले १० हजार, डुडभञ्ज्याङले ३ हजार, ग्वालटारले ३ हजार ५ रुपैयाँ, आम्बोटेले ५ हजार र रानीबास–१३ उपशाखाले २ हजार रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी दुधौली पालिकाबाट ६ हजार, तीनपाटन पालिका समितिबाट ७ हजार र एकादशी समूह, कमलामाई नगरपालिका-५ गैँयाटारबाट ५ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो भने नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा कार्यसमिति, पदाधिकारी, सदस्य तथा कर्मचारीहरूबाट ४४ हजार ५ रुपैयाँ सहयोग गरिएको छ ।

यसरी विभिन्न उपशाखा, पालिका समिति, समूह तथा जिल्ला शाखाका पदाधिकारी, सदस्य र कर्मचारीबाट प्राप्त सहयोग ४ लाख ५३ हजार २२९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *