बाढीपीडितको राहतका लागि सिन्धुलीका सामुदायिक वन समूहद्वारा ९ लाख २९ हजार सहयोग



सिन्धुली/सिन्धुलीको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विपत्तिमा परेकाहरूको राहतका लागि सहयोग जुटाउने क्रम जारी रहेको छ ।

यसैक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ सिन्धुलीको समन्वयमा आज मंगलबार जिल्लाका ३९ वटा सामुदायिक वन उपभोक्ता समूहले राहतका लागि रु. ९ लाख २९ हजार ३५६ रुपौयाँ सहयोग गरेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्क्रिम श्रेष्ठमार्फत सहयोग रकमको बैंक भौचर हस्तान्तरण गरेको हो ।

महासंघको समन्वयमा विभिन्न सामुदायिक वन उपभोक्ता समूहले राहत कोषमा रकम जम्मा गरेका हुन । प्राप्त विवरण अनुसार जलकल्याण सामुदायिक वन कमलामाई ७ ले रु. १५ हजार १११, विशाल सामुदायिक वन दुधौली ८ ले रु. ५१ हजार ५००, मलहनिया सामुदायिक वन कमलामाई १४ ले रु. ५१ हजार, भिमान पेन्नेशी सामुदायिक वन कमलामाई ९ ले रु. ५० हजार ५५५, कल्याणी सिस्नेरी सामुदायिक वन कमलामाई ८ ले रु. ५० हजार १५५, सिन्दुरेटार सामुदायिक वन, कमलामाई ८ ले रु. ५० हजार १०५, कुशुमटार सामुदायिक वन कमलामाई २ ले रु. ५० हजार १०५ र हरियाली सामुदायिक वन तिनपाटन ५ ले रु. ५० हजार सहयोग गरेका छन् ।

विवरण अनुसार यी बाहेक अन्य सामुदायिक वन उपभोक्ता समूह तथा विभिन्न क्षेत्रबाट समेत सहयोग प्राप्त भएको छ । हालसम्म संकलित कुल रु. ९ लाख २९ हजार ३५६ रकम बाढीपीडितको राहतका लागि प्रयोग गरिने सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठले जानकारी दिनुभयो ।

बाढीका कारण प्रभावित परिवारलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहहरूले गरेको आर्थिक अध्यक्ष हितलाल श्रेष्ठले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *