तीनपाटनको बेलघारीमा पहिलोपटक रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान

सिन्धुली/सिन्धुलीको तीनपाटन गाउँपालिका-१ स्थित बेलघारीमा पहिलोपटक खुला रक्तदान कार्यक्रम गरीएको छ ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी भिमस्थान र बेलघारी उपशाखाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा रक्तदान कार्यक्रम गरीएको हो ।

कार्यक्रममा स्थानीयवासी, युवा तथा सामाजिक व्यक्तित्व सहितको सहभागिता रहेको थियो भने ३० जना रक्तदाताले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोक श्रष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष अशोक श्रष्ठले कार्यक्रमको अवसरमा रक्तदान जस्तो मानवीय सेवामूलक कार्यक्रम बेलघारीमा पहिलोपटक आयोजना हुनु निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले रक्तदानले आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको व्यवस्थापनमा सहयोग पुग्नुका साथै समुदायमा रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने समेत बताउनुभयो ।

कार्यक्रमको संयोजन सामाजिक तथा युवा व्यक्तित्व मुकेश घिमिरेले गर्नुभको थियो ।स्थानीयस्तरमै आयोजना गरिएको रक्तदान कार्यक्रमले सामाजिक सेवाका क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *