सिन्धुलीमा लागुऔषधसहित युवक पक्राउ

सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिका ६ पोखेरस्थित मदन भण्डारी राजमार्गबाट प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ।

बुधबार बिहान करिब १० बजे प्रहरी चौकी दुधौलीबाट प्रहरी बरिष्ठ नायब निरीक्षक जालन्धर बरालको कमाण्डमा ट्राफिक प्रहरीसहित खटिएको पाँच जनाको टोलीले सुनसरीबाट काठमाडौं जाँदै गरेको बा ४ ख ६०३४ नम्बरको हाइसलाई रोकेर चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो।

हाइसको पछाडिको ११ नम्बर सिटमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका २९ वर्षीय विवेक शर्माले बोकेको झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा उक्त पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शर्माको झोलाबाट प्लास्टिकसहित ३.२१ ग्राम र प्लास्टिकबाहेक २.२९ ग्राम खैरो हेरोइनजस्तो देखिने लागुऔषध बरामद भएको छ। त्यस्तै Sparest ८० ट्याब्लेट ८ पत्ता, Anticof ४८ ट्याब्लेट ५ पत्ता, Spasmo १८ ट्याब्लेट २ पत्ता र ट्रामाडोल ९८ क्याप्सुल १० पत्ता समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका शर्मालाई बरामद सामानसहित इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *