सिन्धुलीमा वृहत् रक्तदान कार्यक्रम हुँदै
सिन्धुली/सिन्धुलीमा वृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
सिन्धुली बहुमुखी क्याम्पस (बिबिए) को आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखाको समन्वयमा वृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको हो । वृहत् रक्तदान कार्यक्रम यहि आउँदो १२ गते सिन्धुली बहुमुखी क्याम्पसको परिसरमा सञ्चालन हुने छ ।
समाजमा बढ्दै गएको रगत अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले वृहत् रक्तदान कार्यक्रमको आयोजना गरीको आयोजकले जानकारी दिएको छ ।
एक जना व्यक्तिको सानो सहयोगले अर्को व्यक्तिको जीवन बचाउन सकिने भएकाले गर्दा उक्त अभियानमा सबैलाई सहभागि हुन आयोजकले आग्रह गरेको छ ।
आयोजकको अनुसार वृहत् रक्तदान कार्यक्रम यहि आउँदो १२ गते बिहान ११ः बजेदेखि दिउँसो ४ः०० बजेसम्म सिन्धुली बहुमुखी क्याम्पस परिसरमा सञ्चालन हुनेछ ।
प्रतिक्रिया


