हरिहरपुरगढीमा बेवारिसे भरुवा बन्दुक फेला
सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा बेवारिसे भरुवा बन्दुक फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक विजय क्षेष्ठको अनुसार हरिहरपुरगढी ८ स्थित चायाव्यवस्थित खोलामा भरुवा बन्दुक फेला परेको हो ।
हिजो आइतबार बिहान करिब ११ः३० बजेको समयमा प्रहरी चौकी महेन्द्रझ्याडीबाट खटिएको गस्ती टोलीले कल्पवृक्ष मन्दिरको सीमाभित्र प्लास्टिकमा बेरिएको अवस्थामा एक थान बेवारिसे भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक विजय क्षेष्ठले जानकारी दिनुभयो ।
प्रहरीले उक्त बन्दुक बरामद गरी आवश्यक अनुसन्धान अघि बढाएको क्षेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया



