सवारी दुर्घटना हुँदा १५ जना घाइते
सिन्धुली /सिन्धुलीमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार आज साँझ ५ बजेको समयमा कमलामाई ८ माइस्थान स्थित बिपि राजमार्गमा माईस्थानबाट जनकपुर तर्फ जाँदै गरेको म.प्र.०४–००१ च ०१५२ नम्बरको हात्ती गाडी आफै अनियन्त्रित भई सडक नालिमा पल्ँिटदा १५ जना घाइते भएका हुन ।
सुवेदीको अनुसार घाइते हुनेहरुमा चालक जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका ७ बस्ने बर्ष २५/२६ का मनिराज साह रहेका छन् भने उनको हात ,खुट्टामा चोट लागेको र अवस्था पनि मध्यम रहेकोे छ । त्यस्तै भारत बिहार बस्ने बर्ष २२ को सन्तोष कुमार शर्मा,जिल्ला पर्सा बिरगन्ज महानगरपालिका २ पिपरा बस्ने बर्ष १८ का रियाज अन्सारी र जिल्ला बारा कलैया नगरपालिका १५ बस्ने बर्ष ३२ को रमेश कुमार सहनी रहेका छन् ।
साथै जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका ७ जिरो माईल बस्ने बर्ष २५ को सुनित कुमर मण्डल, जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका १३ बस्ने बर्ष १० का आषिस कुमार ठाकुर, जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका १३ बस्ने बर्ष ३८ का राम दुलार,जिल्ला पर्सा बिरगन्ज महानगरपालिका ५ बस्ने बर्ष २१ को सिकन्दर बैठा, जिल्ला बारा कलैया नगरपालिका १ बस्ने बर्ष १८ को राजन बैठा, जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका ७ बस्ने बर्ष २९ को शोभा शर्मा, र सोहि ठाउँमा बसोबास गर्ने बर्ष ४ को आर्यन शर्मा रहेका छन् ।
त्यस्तै जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका १९ बस्ने बर्ष २२ को ओम महरा, जिल्ला पर्सा बिरगन्ज महानगरपालिका ५ बस्ने बर्ष १८ को हरी ओम गुप्ता र जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका ४ बस्ने बर्ष ५६ का कुशुम शर्मा रहेका प्रहरीले जानकारी दिएको छ ।प्रहरी को अनुसार घाइतेहरु सबैको अवस्था सामान्य रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार घाइतेहरुलाई उक्त खबर प्रप्त हुनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख मोहम्मद कलिम अन्जुम को कमाण्डमा ४ जना र इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी ना.नि.दिपक पोखरेल को संयुक्त कमाण्डमा ट्राफिक सहित ७ जनाको टोली खटि गई घाइतेहरुलाई उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल सिन्धुली पठाइएका छ ।


