सिन्धुलीमा राष्ट्रिय कला महोत्सव हुने

सिन्धुली/कलाघर सिन्धुलीको आयोजनामा सिन्धुलीमा ५ दिने राष्ट्रिय कला महोत्सव हुनेभएको छ । यहि चैत्र २८ गते देखि बैशाख ३ गते सम्म कला महोत्सव हुने कलाघर सिन्धुलीले जनाएको छ ।

कलाघरले शुक्रवार पत्रकार सम्मेलन गरेर कमलामाई नगरपालिका वडा नं.३ चपौलीमा राष्ट्रिय कला महोत्सव सन्चालन हुने जनाएको छ । ‘नमूना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिकमा रमाऔँ’ भन्ने मूल नाराका साथ राष्ट्रिय कला महोत्सब संचालन हुनलागेको हो ।

कला घर निर्माणको महाअभियानमा हातेमालोसंगै मौलिक कला संस्कृतिको प्रवद्र्धन तथा कलाघरको प्रचार प्रचार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको पत्रकार सम्मेलन गर्दै आयोजक टिमले जानकारी गराएको छ । पाँच दिनसम्म सन्चालन हुने महोत्सवमा नेपाली मौलिक परम्परा झल्कने घरहरूको नमूना, मौलिक खानेकुराहरुको परिकारहरू, १० भन्दा बढी जनजातिको झाँकी प्रदर्शन, खानाको लागि व्यवस्था, हस्तकला, चित्रकला, मूर्तिकला लगायत कलाहरूको प्रदर्शन गरिने छ ।

त्यस्तै स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री वितरण गरिने, कला घर स्थापनाकाल देखि हालसम्म सहयोग गर्ने व्यक्ति तथा संघ सँस्थाहरुलाई सम्मान समेत गरिने बताइएको छ । कला महोत्सवमा १० हजार भन्दा धेरै दर्शकहरु आउने आयोजकको अपेक्षा ५ । महोत्सव घुम्नको लागि १ सय रुपैयाँको टिकट काट्नुपर्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *