सुनकोशी गाँउपालिकामा सामाजिक सञ्जाल मार्फत व्यापार व्यबसायहरुलाई प्रबर्द्धन गर्ने सिपमुलक तालिम
सिन्धुली/सिन्धुलीको सुनकोशी गाँउपालिकामा दक्ष युवा परियोजना अन्तर्गत सामाजिक सञ्जाल मार्फत व्यापार व्यबसायहरुलाई प्रबद्धन गर्ने सिपमुलक तालिम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रम प्लान इन्टरनेशनलको आर्थिक सहयोग तथा सिड्स नेपाल सिन्धुलीको संयुक्त साझेदारीमा गरिएको हो। कार्यक्रम सुनकोशी गाउँपालिका वडा नम्बर ३ स्थित बोहोरेटारमा सामाजिक सञ्जालमा भिडियो, फोटो, वेवसाइट विजनेस पोर्टल जस्ता माध्यमहरुबाट आफ्नो व्यापार तथा व्यवसायलाई प्रचार प्रसारका साथै प्रबद्र्धन गर्नका लागि सिपमुलक तालिमको गरिएको हो ।
उक्त कार्यक्रमले युवाहरुलाई व्यवसायमा अगाडि बढाउदै आत्मानिर्भर हुन मद्दत गरिरहेको छ। गाउँपालिकाको समन्वयमा भएको उक्त परियोजनाद्वारा सुनकोशी गाउँपालिका भित्रका विभिन्न पेशा तथा व्यवसायमा आबद्ध स्थानीयहरु लाभान्वित भएका छन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा सिड्स नेपाल सिन्धुलीले अहिले जिल्लाको दुधौली नगरपालिका, सुनकोशी र मरिण गाउँपालिकामा दक्ष युवा परियोजना अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।