• असोज २४, सिन्धुली/हिन्दु नेपालीहरुको महान पर्व बडा दशैँको सातौं दिन आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती आज घरघरमा भित्र्याईएको छ ।

    यसैक्रममा जिल्लाको कमलामाई –४ ढकालगाउँ स्थित रक्तमाला मन्दिरमा हर्ष बढाँइका साथ फूलपाती भित्र्याइएको छ ।
    बागमती प्रदेश सांसद छेत्रबहादुर बम्जन, कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेल, प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माको उपस्थितीमा रक्तमाला मन्दिरमा फूलपाती बढाइँ गरिएको हो ।

    आज बिहान साइत अनुसार हर्षबढाँइका कासाथ फूलपाती भित्र्याईएको हो । बिहान शुभसाइतमा जिल्लास्थित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले साङ्बालेको कोइला देवी मन्दिरबाट फूलपातीको डोली लिएर रक्तमाला मन्दिरमा सलामी दिइ फूलपाती भित्राइएको रक्तमाला मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष महेन्द्र ढकालले बताउनुभयो ।

    “फूलपाती भित्र्याएपछि ९ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । तीनवटै सुरक्षा निकायले संयुक्त गारथ गरेका थिए । बडा दशैँको सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ” अध्यक्ष ढकालले भन्नुभयो । फूलपाती बढाइँ कार्यक्रममा कलाघर, वारियर डान्स सेन्टर लगायतले साँस्कृतिक प्रस्तुति दिएका थिए ।
    यसैबिच कमलामाई नगरपालिका –५ स्थित महाकाली मन्दिरमा पनि फूलपाती भित्र्याईएको छ । विहान साइत अनुसार महाकाली मन्दिरमा सेनाले पुष्पबली दिएर फूलपातीको स्वागत गरेका हुन् । विशेष पूजा गरि फूलपाती भित्र्याईएको हो ।