• असोज १६,सिन्धुली/असोज १२ को बाढीबाट प्रभावित मुल्कोटमा एक विद्यालय पनि पूर्ण रुपमा डुबानमा परेको छ । सुनकोशी गाउँपालिका ५ मुल्कोट स्थित पशुपति आधारभूत विद्यालय बाढीबाट पुर्ण रुपमा डुबान परेपछि विद्यालयमा शैक्षिक गतिबिधि ठप्प भएको छ ।

    विद्यालकी प्रधानाध्यापक निर्मला श्रेष्ठले विद्यालयको चार कोठाको आरसी भवन , छ कोठाको निर्माणाधिन आरसिसि भवन,ट्रष्ट भवन चार वटा, सौचालय २ वटा लगायत भौतिक संरचना डुबानमा परेको बताउनु भयो । विद्यालयको सम्पुर्ण शैक्षिक तथा अन्य सामाग्री समेत काम नलाग्नी अवस्थामा पुगेको उहाँको भनाई छ ।

    “बाढी पसेपछि राति २ बजे विद्यालयको होस्टेलमा भएका ८ जना बौद्धिक अपाङ्ग विद्यार्थी र २ जना कर्मचारीलाई उद्धार ग¥यौ तर अन्य सामाग्री केहिपनि निकाल्न पाएनौँ ।” प्रधानाध्यापक श्रेष्ठले भन्नुभयो । अहिले विद्यालय सञ्चालन गर्न नसकिएकोले पूर्णरुपमा विद्यालय बन्द छ । विद्यालय पुनः सञ्चालनका लागि सफा गर्न सुरु नै नभएको उहाँले बताउनुभयो ।

    “हामिले भदौमै परिक्षा सकेका थियौँ । १ हप्तामात्रै पठनपाठन नहुने हो । त्यसपछि त दशैको विदा नै छ । तर विद्यालय पुनः सञ्चालनको कुरा भने अन्योलमै छ ।” उहाँले थप्नुभयो । बाढीले विद्यालयको सम्पुर्ण शैक्षिक तथा अन्य सामग्री ध्वस्त भएको हुँदा यकिन क्षति कति भयो भन्ने अवस्थामै नभएको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो ।

    सफा गरेर विद्यालय पुनः सञ्चालनका गर्दा पनि क्रास भएको सुनाउनुभयो । “विद्यालय तत्काल अन्यन्त्र स्तान्तरणको लागि पनि सम्भव छैन । पुनः सञ्चालनका गर्दा पनि क्रास पैदा भएको छ । सफा गरेपनि दशै पछाडि मात्रै पठनपाठन सुरु गर्छौ ।” श्रेष्ठले भन्नुभयो ।

    प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले विद्यालय पुनः सञ्चालनका लागि सफा गर्न मानव तथा राष्टिय विकास समाज सिन्धुलीलाई आग्रह गर्नुभएको छ । उहाँले स्थानीय सरकारले मात्रै गर्न नसक्ने हुनाले विपद्मा सहयोग गर्न आग्रह गर्नुभएको हो ।