• असोज १, सिन्धुली/कमलामाई नगरपालिकाले वैदेशिक रोजगार बोर्डबाट प्रदान गर्ने सेवाहरुमा सहजीकरण गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले सेवा सहजीकरणको लागि परिपत्र गरेका थिए ।

    सोहि परिपत्रको आधारमा नगरपालिकाले बोर्डबाट उपलब्ध हुने सेवाहरुमा सहजीकरण गर्न थालेको हो । नगरपालिकाले मंगलबार एक सुचना जारी गरी नगरपालिकाको रोजगार सेवा केन्द्रबाट सहजीकरण गरिने जानकारी गराएको छ ।

    कमलामाई नगरपालिकाका रोजगार संयोजक श्याम कुमार घलानका अनुसार विदेशमा अलपत्र परेका श्रमिकको उद्धार, विदेशमा मृत्यु भएका श्रमिकको शव नेपाल झिकाउने, अन्र्तराष्ट्रिय विमानस्थलबाट मृतकका आफन्तले इच्छाएको सडक पुर्वाधार पुगेको स्थलबाट निशुल्क शव पु¥याएइन सहजिकरण गरिने छ ।

    यसैगरी अंगभंग भएका कामदारलाई तोकिए बमोजिमको आर्थिक सहायता दिने,कामदारको परिवार गम्भिर विरामी भएमा तोकिए बमोजिम दिइने उपचार खर्च प्रदान गरिने, वैदेशिक रोजगारीको क्रममा मृत्यु अथवा अशक्त भएका कामदारका सन्ततीलाई छात्रवृति प्रदान गरिने तथा कामदारका लागि कानुनी प्रतिरक्षा तथा परामर्शको लागि सहयोग गरिने जनाइएको छ ।

    रोजगार संयोजक घलानले स्वदेश फर्किएका कामदारलाई पुनःएकीकरण तथा पुनस्थापना एवं विभिन्न सिपमुलक तालिम सन्चालन गरिने जानकारी दिनुभयो ।