• भदौ २०,सिन्धुली अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी ) जिल्ला समिति सिन्धुलीको निर्वाचन भदौ २६ गते तोकिएको छ ।

    अखिल क्रान्तिकारीको बुधबार (हिजो) सन्चालन गरिएको २१ औँ अधिवेशनबाट नयाँ जिल्ला समिति टुङ्गो नलागेपछि भदौ २६ गते निर्वाचन मिती घोषणा गरिएको छ । निर्वाचनको लागि भदौ २४ गते मनोनयन दर्ता मिती तोकिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का सिन्धुली इन्चार्ज भानुभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

    जिल्ला इन्चार्ज श्रेष्ठका अनुसार निर्वाचनमा जिल्लाभरबाट ३ सय ३६ जना प्रतिनिधि सहभागि हुने छन् । जसमा कमलामाई नगरपालिका र दुधौलि नगरपालिकाबाट ४०/४० जना सहभागि हुनेछन् । त्यस्तै मरिण गाउँपालिकाबाट ३५ जना र अन्य छ वटा पालिकाबाट २५/२५ जना सहभागि हुने जनाइएको छ ।

    जिल्लाको स्नातक सन्चालन क्याम्पसबाट पाँच/पाँच जना, स्नाकोत्तर सन्चालन क्याम्पसबाट सात/सात जना, स्ववियू निर्वाचित सदस्यहरु ४७ जना गरी ३ सय ३६ जनाको सहभागिता रहने छन् । निर्वाचनको लागि समय र स्थान तोक्न बाँकि रहेको श्रेष्ठले जानकारी दिनुभयो ।