मन मायाको काँधमा रातो साडी र छड्के तिलहरीले होइन हरियो बाँसले थिचिएको छ

मा.शुष्पा भुजेल न्यौपाने, बागमित प्रदेश सभा सदस्य

वडा अध्यक्षले विष्णु मायाँको मृत्युको खबर पाए पछि गाउँका सबैलाई लास बोक्न र मलामी जान अनुरोध गरे कतिपए सुने पछि आफैँ आए एकैछिनमा आँगन भरी १०० भन्दा माथी छिमेकी जुटे । आगनमा लडेको विष्णु मायाको शवलाई काँध हाल्न कोही अघि सरेनन् । कारण फरक जात फरक समुदाय । वडा अध्यक्ष र मृतकका छोराले पटक पटक अनुरोध गर्दा समेत समाजले राम्रो मान्दैन भनेर कर नगर्न जनजाति र दलितले अनुरोध गरे पछि ३ जनाले शव लिएर घरबाट मलामी निस्कीए जस्मध्ये १ जना महिला जो मृतककी छिमेकी सामुदयिक सिकाई केन्द्रका कमर्चारी मन माया अधिकारी र २ जना पुरूषमध्ये १ जना वडा अध्यक्ष ।

आज सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका वडा नं. ७ निवासी मन मायाकी छिमेकी आमा कृष्ण मायाँ पहाडीको बिहानको १० बजे भएको निधनले निकै दुःखी बनाएको छ । यति बेला सामजिक सञ्जालमा पोष्ट भएको फोटोले सबैको मनमा चिसो पसेको छ, मानिसको मृत्यु शास्वत सत्य हो मानिसले जन्मँदा नै सबैभन्दा नजिकको साथी मृत्युसँग हात मिलाएर आएको हुन्छ, जन्मने मिति तय हुन सक्छ तर मृत्युको कुनै निश्चित मिति हुन सक्दैन । र पनि मृत्युलाई भुलेर आफ्नो सन्तान, तानागोता इस्टमित्र, समाज सबैमा रुमल्लिएर बाँचिरहेको हुन्छन, बाँचुञ्जेल मलामी कमाई रहेका हुन्छन । तर आज विष्णु माया पहाडी आमाको मृत्युले समाजमा गहन प्रश्न तेर्स्याएको छअर्कोमेटिन नसक्ने बल्झि रहने पिडा थपिएको छ ।

तिन सन्तान (१ छोरा र २ छोरी)का आमा, उमेरले लगभग ६२ वर्षका विष्णु मायाको श्रीमान केही वर्ष पहिला नै बितिसक्नु भएको रहेछ । उहाँ निकै समय देखि फोक्सो र मृगौला रोगले ग्रसित भइ उपचाररत हुनुहुन्थ्यो । वडा कार्यालय, गाउँपालिकाको कार्यालयबाट पनि राम्रो आर्थिक सहयोग पाउनु भएको थियो र छोराले सकेको उपचार गराईरहेका थिए । तर उहाँ आज सदाको लागि अस्ताउनु भयो । गाउँ फरक प्रकारको शोकमा छ । भनिन्छ छिमेकी भनेको बाँच्दाको जन्ती र मर्दाको मलामी तर आज विष्णु मायाले २९ सय घरधुरी छिमेकी मध्ये जम्मा ३ जनाको मात्र काँध पाउनु भयो । उनको यसमा के दोश ? न उहाँका छोरा छोरीको । उनका नजिकका सगोत्री अफन्तहरू कता छन त्यो थाहा छैन । वडामा २९ सय घरधुरी संख्यामा पहिलो नम्बरमा जनजाति, दोश्रोमा दलित र तेश्रोमा क्षेत्री ब्राम्हण पर्छन । जम्मा ५ घर मात्र क्षेत्री ब्राम्हण त्यसमा पनि सबै सदस्य गाउँमा छैनन् । काम गर्न खेतबारीमा हिँडेका वडा अध्यक्षले विष्णु मायाँको मृत्युको खबर पाए पछि गाउँका सबैलाई लास बोक्न र मलामी जान अनुरोध गरे कतिपए सुने पछि आफैँ आए एकैछिनमा आँगन भरी १०० भन्दा माथी छिमेकी जुटे । आगनमा लडेको विष्णु मायाको शवलाई काँध हाल्न कोही अघि सरेनन् । कारण फरक जात फरक समुदाय । वडा अध्यक्ष र मृतकका छोराले पटक पटक अनुरोध गर्दा समेत समाजले राम्रो मान्दैन भनेर कर नगर्न जनजाति र दलितले अनुरोध गरे पछि ३ जनाले शव लिएर घरबाट मलामी निस्कीए जस्मध्ये १ जना महिला जो मृतककी छिमेकी सामुदयिक सिकाई केन्द्रका कमर्चारी मन माया अधिकारी र २ जना पुरूषमध्ये १ जना वडा अध्यक्ष । सँस्कार अनुसार मन मायालाइ पनि निकै ठुलो चुनौती आईलाग्यो उनले दुई जना पुरूष सरह पालै पालो लासलाई काँधमा बोकेर लावा छर्दै २ सवा २ घण्टाको बाटो पार गरेर घाटसम्म पुर्याए । अरू मलामि दाउँरा लिएर शवसँगै घाट पुग्छन् ।

यता एक महिना पहिला देखि शहरका रेष्टुराँ, पार्टी प्यालेसहरू रातो साडी र गरगहनाले सजिएर तिजको गित घन्काउँदै नाचिरहेका छन् उता गाउँमा मन माया काधमा लास बोक्दैछिन । मन मायाको यो शाहसी कदम यो पितृसत्तात्मक समाजको लागी दर्हो झापड बनेकोछ । धनी होस वा गरीब मृत्यु एउटै हो आज आफनो घर नभए आमाको कोरा छिमेकीको घरमा बस्दै छन् विष्णु मायाका छोरा । मान्छेहरू हावाको भरमा फेसबुकमा लेखेर सरकारलाई र सामाजिक पद धारणा गरेका व्यक्तिहरूलाई गाली गर्ने प्रश्न गर्ने यहाँहरू सबैलाई मेरो अनुरेध प्रश्न गर्ने अधिकार सबैलाई छ ,खबरदारी गर्ने अधिकार पनि छ ,गलतलाई गलत भन्ने अधिकार छ तर अध्ययन बिना धारेहात लगाउने अधिकार चाहिँ कसैलाई छैन जस्तो लाग्छ । हामी सामाजिक अभियान्ता , युवाहरुले सामजिक सञ्जालमा गलत भ्रामक समाचारको प्रचार नगरौं मान्छेको मृत्युमा मजाक नगरौं । मन मायाँ अधिकारीको शाहसलाई उच्च सम्मान गर्दछु उहाँबाट समाजले केहि सिक्यौं । विष्णु माया आमा प्रति भावपुर्ण श्रद्धाञ्जली परिवारजनमा गहिरो समवेदना ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *