-
भदौ १४,सिन्धुली/राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको नवौ जिल्ला अधिवेशन भदौ १७ र १८ गते सिन्धुलीमाढीमा हुने भएको छ । आज युवा संघ नेपाल जिल्ला कमिटी सिन्धुलीले पत्रकार सम्मेलन गरेर ९ बर्ष पछि जिल्ला अधिवेशन हुने जानकारी गराएको हो । युवा संघ नेपाल सिन्धुलीको २०७२ सालमा अधिवेशन भएको थियो ।
लामो समय सम्म रोकिएको जिल्ला अधिवेशन भदौ १७ गते नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा उद्घाटन गरिने जिल्ला संयोजक मिजास कार्कीले जानकारी दिनुभयो ।
भदौ १८ गते सिन्धुलीको ९ वटै पालिकाको वडा,पालिका र जिल्लाको नयाँ कार्यसमिती चयन गरिने अध्यक्ष कार्कीले बताउनु भयो । हाल ८१ जनाको जिल्ला कार्यसमिती रहेकोमा अबको अधिवेशनले ७५ जनाको कार्यसमिती चयन गरिने छ । वडा कमिटी, पालिका कमिटी र जिल्ला कमिटी गरी १ सय ८७ जना प्रतिनिधि हुनेछन् ।
सम्भवत नयाँ कमिटी चयनको लागि सर्बसम्मतनै प्रयास गरिने अन्यथा लोकतान्त्रिक विधिद्धारा कमिटी चयन गरिने अध्यक्ष कार्कीले बताउनु भयो । अधिवेशनको तयारीको लागि जिल्ला कमिटीले विभिन्न विभागको भागबण्डा लगाएर काम गरिरहेको बताएको छ । दुई दिन सम्म चल्ने अभिवेशनको लागत लगभग २ लबखथ ५० हजार अनुमान गरिएको राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका सचिव धन बहादुर माझिले जानकारी दिनुभयो ।
News Desk 0 response बिहिबार, भदौ १४, २०८०

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०