-
भदौ १३,सिन्धुली/ गत शनिवार (भदौ ८ गते) साँझ सुनकोशी नदीमा खसेको गाडीसँगै बेपत्ता भएका यात्रुहरू छ दिन बितिसक्दा पनि फेला परेका छैनन् । मध्यपहाडी राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका–१ कुडुलेमा खोटाङको हलेसी दर्शन गरेर भक्तपुर फर्कँदै गरेको प्रदेश ३–०१०२३ च ६३६६ नम्बरको सुजुकी हाईलक्स गाडी नदीमा खसेको थियो ।
सो गाडीमा सवार चार जनामध्ये एकजना गाडीबाट हामफालेर बाँच्न सफल हुँदा बाँकी तीन जना बेपत्ता भएका थिए । गाडीका चालक सूर्यविनायक नगरपालिका भक्तपुर जगातीका ३२ वर्षीय अविन बाँके, सोही ठाउँका वर्ष ३० का प्रनित स्यागु र वर्ष ३७ का बलराम घटुवा अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
छ दिनदेखि लगातार बेपत्ताको खोजीकार्य भइरहेको छ । खुर्कोट सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाल प्रहरी, गोलन्जोर गाउँपालिकाका जनप्रतिनिधि, बेपत्ताका आफन्त र स्थानीयले संयुक्तरुपमा बेपत्ताको खोजी गरिरहेको भए पनि फेला पार्न नसकिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
सुनकोशी नदीमा पानीको बहाव बढेका कारण खोजीकार्यमा थप कठिनाइ भइरहेको प्रहरी प्रमुख काफ्ले बताउनुभयो । सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको करिब ३२ किलोमिटर तल उदयपुरको घुर्मीसम्म बेपत्ताको खोजी गरिरहेको जानकारी दिइएको छ ।
News Desk 0 response बिहिबार, भदौ १३, २०८१

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२