सुनकोशीमा हाइलेक्स गाडि खस्दा वेपत्ता भएका चालक सहित तिन जना यात्रु अझै फेला परेनन्

भदौ ९, सिन्धुली/सुनकोशीमा हाइलेक्स गाडि खस्दा वेपत्ता भएका चालक सहित तिन जना यात्रु अझै फेला परेका छैनन् । शनिबार साँझ ५ः३० बजेको समयमा मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोसी नदीमा हायस गाडि खसेको थियो ।
खोटाङको हलेसीबाट भक्तपुरतर्फ जाँदै गरेको हाइलेक्स गाडीसुनकोसी नदीमा खस्दा चालक सहित तीन जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।
बेपत्ता हुनेमा भक्तपुरका अविन बाके, बलराम घटुवा र प्रनित स्यागु रहेको छन् भने प्रहरी प्रमुख काफ्लेका अनुसार सोहि गाडिमा सवार एकजना भने पौडिएर निस्किएका थिए । सूर्यविनायक नगरपालिकाको जगाती बस्ने सुसान्त कक्षपती पौडिएर निस्कीएका ह्न् । उनको पाता,कुहिनो र टाउँकोमा चोट लागेकोले खुर्कोटमा उपचार भईरहेको छ ।
नदीमा वेपत्ता भएको गाडी ७ बजेतिर फेला परेको छ तर नदीमा वेपत्ता तीन जना फेला नपरेको जनाइएको छ । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएतले खोजी गरिरहेका छन् । घटना स्थलमा सशस्त्र प्रहरीको खुर्कोटस्थित गोताखोर टोलीले नदीभित्र यात्रुको खोजी गरेको छ ।
गाडी अनियन्त्रित भई सडकबाट खसेको अनुमान गरिएको छ । गाडी सडकबाट करिब ६० मिटर तल सुनकोशी नदीमा खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *