-
भदौ ८ , सिन्धुली/जिल्लाको कमलामाई –५ सिलामे स्थित संगम बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा आज सम्पन्न भएको छ । संगम बचत तथा ऋण सहकारीका अध्यक्ष कर्ण बहादुर श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सांसद तथा पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा १५ औं साधारण सभा समापन भएको हो ।
News Desk 0 response शनिबार, भदौ ८, २०८१
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सांसद तथा पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सहकारी देशको अर्थतन्त्रको एक खम्बा भए पनि सो खम्बा ठुला ब्यापारी र नेताहरूको कारण धराशायी बनेको बताउनु भएको छ ।
उहाँले सहकारी संस्थाले कम्पनीमा लगानी गर्न नमिल्ने भएपनि सञ्चालकहरू स्वयंले नै विभिन्न नामका कम्पनी खोलेर संस्थाको बचत निजी व्यवसायमा लगानी गरेका कारण सहकारीहरू संकटग्रस्त बन्दै गइरहेको बताउनु भएको हो ।
श्रेष्ठले सरकारले संकटग्रस्त सहकारी क्षेत्रलाई पुर्नजीवन दिएर आम नागरिकमा सहकारीप्रति आशा र भरोसा जगाउनुपर्नेमा जोड समेत दिनुभयो । “ सञ्चालकहरुले सहकारीको रकमले घर–जग्गा कारोबार, शेयर कारोबार तथा हाइड्रोदेखि हवाईजहाजसम्ममा लगानी गरेको पाइन्छ । कतिपय संस्थामा सञ्चालकले सस्तो ब्याजमा ऋण लिएर मिटर ब्याजमा समेत लगानी गरेका छन् । “ उहाँले भन्नुभयो ।
कार्यक्रममा सहाकारीका अध्यक्ष कर्ण बहादुर श्रेष्ठले संगम बचत तथा ऋण सहकारी संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । “ करिब ४९८ जना शेयरर सदस्य रहेको सँस्थामा गत बर्ष १ करोड ८ लाख ३३ हजार ७८ रुपैयाँ ऋण लगानि गरेका थियौँ । यो बर्ष भने १ करोड २१ लाख ६० हजार ७६६ रुपैयाँ लगानी गर्न सफल भएका छौँ । यो अघिल्लो बर्षको भन्दा १३ लाख २७ हजार ६७८ रुपैयाँले बढी हो । ; श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै उहाँले यो बर्ष १ करोड ३० लाख ५४ हजार ७७८ रुपैयाँ बचत हुँदा सहकारीले ६ लाख २५ हजार नाफा कमाएको कुरा राख्नुभयो ।
कार्यक्रममा कमलामाई नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर खड्का,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका सभापति असोक श्रेष्ठ लगायतको उपीसथती रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१