-
भदौ ४, सिन्धुली/जिल्लामा पशुहरुलाई लाग्ने लम्पी स्किन रोग कम हुँदै गएको छ । पहिलेका बर्षहरुको तुलनामा हाल पशुहरुमा लम्पी स्किन रोग कमै मात्रामा देखा परेको पाइन्छ ।
जिल्लाका पशुहरुमा लम्पी स्किन रोग देखा नपरेको पशु सेवा कार्यालय सिन्धुलीका सुचना अधिकारी नवराज थापाले जानकारी दिनुभयो । पछिल्लो समय स्थानीय तहहरुले लम्पी स्किन रोग बिरुद्धको भ्याक्सीन खरिद गरि पशुहरुमा लगाइरहेको हुँदा रोगको संक्रमण घटेको उहाँको भनाई छ ।
अघिल्ला बर्षहरुमा सो रोगको संक्रमणका कारण गोरु, बाच्छाबाच्छी, दुहुनो र सुत्केरी अवस्थाका पशुहरुलाई धेरै असर गरेको पाइएपछि पशु कार्यालयले त्यस्ता पशुको सुरक्षामा सतर्कता अपनाउन किसानहरुको ध्यानाकर्षण गराएको थियो । लम्पी स्किन रोग विरुद्धको खोप अभियान अन्तर्गत सिन्धुलीमा ५ हजार ४ सय पशुमा लम्पि स्किन विरुद्धको खोप लगाइएको पशु कार्यालय सिन्धुलीको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक बर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार गएको साउन २५ गते देखि ३१ गते सम्म लम्पी स्किन रोग विरुद्धको खोप अभियान संचालन गरिएको खोप अभियान कार्यक्रममा ५ हजार ४ सय पशुमा लम्पि स्किन बिरुद्धको खोप लगाइएको बताइएको छ । अभियान अन्तर्गत कमलामाई नगरपालिकामा ८ सय पशुचौपायमा खोप लगाइएको छ ।
दुधौली नगरपालिकामा ८ सय, तीनपाटन गाउँपालिकामा ८ सय पशुमा खोप लगाएको पशु सेवा कार्यालय सिन्धुलीका सुचना अधिकारी नवराज थापाले जानकारी दिनुभयो । त्यस्तै गोलन्जोर गाउँपालिकामा ५ सय ५०, फिक्कल गाउँपालिकामा ५ सय ५०, मरिण गाउँपालिकामा ५ सय ५०, हरिहरपुरगढी गाउँपालिकामा ५ सय ५०, सुनकोशी गाउँपालिकामा ४ सय र घ्याङलेख गाउँपालिकामा ४ सय पशुमा खोप लगाइएको उहाँले बताउनुभयो । यो बर्ष किसानबाट पशुचौपायमा लम्पी स्किन रोग देखा परेको भन्ने गुनासो नआएको सुचना अधिकारी थापाले बताउनुभयो ।
News Desk 0 response मङ्लबार, भदौ ४, २०८१

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२