गोलन्जोर गाउँपालिकाले दियो शुक्रबार शोक विदा
साउन ३२,सिन्धुली/गोलन्जोर गाउँपालिकाले शुक्रबार (आज ) शोक विदा दिएको छ । बिहिबार वीपि राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका –२ चियाबारीमा बोलेरो दुर्घटनामा परी गोलन्जोर गाउँपालिका –६ का वडा सदस्य सहित तिन जनाको मृत्यु भएपछि गाउँपालिको शोक बिदा दिएको हो ।
गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै शुक्रबार (आज) गाउँपालिका मातहतका सबै कार्यालयहरुमा शोक विदा दिएको जनाएको थियो । शोक वक्तव्य जारी गर्दै गाउँपालिकाले मृतक प्रति श्रद्धासुमन तथा परिवारजनमा समबेदना र घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ । दुर्घटनामा एकै गाउँका यात्रुहरु परेपछि गोलन्जोर – ६ हैबार नाकाजोली शोकमा डुबेको छ ।
दुर्घटनामा गोलन्जोर गाउँपालिका ६ का वडा सदस्य ४५ वर्षका उदय बहादुर मश्राङ्गी मगर, सोहि ठाउँका ३५ वर्षका पवन मस्राङ्गी मगर र ४२ वर्षका पृथ्वी भुजेलको मृत्यु भएको थियो । दुर्घटनामा ११ जना घाईते भएको यस दुःखद घडिमा गाउँपालिकाले शुक्रबार एक दिन शोक विदा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र साहले जानकारी दिनुभयो ।