-
साउन २६, सिन्धुली/सिन्धुली खबर डटकमका प्रधानसम्पादक नविन श्रेष्ठ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिबाट सम्मानित हुनुभएको छ । फोनिजको २५औं स्थापना दिवसको अवसरमा सिन्धुलीमा शनिबार आयोजित समारोहमा श्रेष्ठलाई ५ हजार ५०० रुपैयाँसहित सम्मान गरिएको हो ।
फोनिज बागमती प्रदेश समितिले लामो समयदेखि सिन्धुलीमा रहेर पत्रकारितामा क्रियाशील श्रेष्ठले प्रदेशमा फोनिजको अभियान सशक्त बनाउन खेल्नुभएको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको जानकारी दिएको छ । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले सम्मानपत्र र नगद पुरस्कार प्रदान गर्नुभयाे । उहाँले सम्मानित प्रधान सम्पादक श्रेष्ठलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ सक्रिय रुपमा अगाडि बढ्न शुभकामना दिनुभयो ।
फोनिज बागमती प्रदेश समितिको प्रकाशन विभाग प्रमुख समेत रहनुभएका प्रधान सम्पादक श्रेष्ठ लामो समयदेखि पत्रकारितासँगै फोनिजको अभियानमा सक्रिय हुनुहुन्छ । उहाँले फोनिज सिन्धुली जिल्ला कार्यसमितिमा दुई कार्यकाल अध्यक्षको जिम्मेवारीमा काम गरिसक्नुभएको छ । २०६२ सालमा फोनिजसँग जोडिनुभएका उहाँ २०६४ मा सिन्धुली जिल्ला कार्यसमिति सदस्य, २०६७ मा उपाध्यक्ष र २०७४ देखि २०७८ सम्म अध्यक्ष रहनुभएको थियो ।
जिल्लादेखि प्रदेशसम्म फोनिजको संगठन विस्तार र संस्थागत कार्यक्रमहरु सफल बनाउन उहाँले योगदान गर्दै आउनुभएको छ । सोही योगदानको मूल्यांकन गर्दै २५औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको हो ।
News Desk 0 response शनिबार, साउन २६, २०८१
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१