जन्मदिनमा बालबालिकालाई शैक्षिक सामग्री वितरण

साउन १५, सिन्धुली/नेपाल तामाङ घेदुङ कमलामाई नगरपालिकाकी उपाध्यक्ष सरिता राई तामाङले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।
उहाँले आफ्नो ४९औँ जन्मदिनको अवसरमा कमलामाई नगरपालिका-५ स्थित कमला जनज्योति माध्यमिक विद्यालय सिलामेका ४५ जना अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा शैक्षिक क्षेत्रको विकासका लागि खर्च गर्नु उपयुक्त ठानेर आफ्ना लागि सबै विद्यार्थी समान भए पनि अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको उपाध्यक्ष तामाङले बताउनुभयो । उहाँले बालबालिकालाई उत्सुकताका साथ अध्ययनका लागिसमेत आग्रह गर्नुभएको छ ।
उहाँ लामो समयदेखि विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *