• साउन ३, सिन्धुली/जिल्ला मालपोत कार्यालय सिन्धुलीबाट ११ करोड भन्दा बढी राजस्व संकलन भएको छ । आर्थिक बर्ष २०८०/८१ मा जिल्ला मालपोत कार्यालय सिन्धुलीबाट ११ कराड ३७ लाख ३४ हजार २२ रुपैयाँ राजस्व संकलन भएको छ ।

    जिल्ला मालपोत कार्यालय सिन्धुलीका सुचना अधिकारी राज कुमार प्रसाईका अनुसार आर्थिक बर्ष २०८०/८१ मा रजिष्ट्रेशन दस्तुरको धितो तर्फबाट ७३ लाख ४५ हजार ५५० रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै विविध तर्फबाट ३ करोड ८८ लाख ३८ हजार ८९५ रुपैयाँ संकलन भएको छ ।

    सेवा शुल्कतर्फबाट २१ लाख ५३ हजार ८६ रुपैयाँ संकलन भएको छ भने पूँजिगत लाभकरबाट ५ करोड २६ लाख ४० हजार ३५१ रुपैयाँ संकलन भएको जनाइएको छ । मालपोत कार्यालयबाट विभिन्न शिर्षकमा साउनमा १ करोड १७ लाख ८ हजार ३४४ रुपैयाँ, भदौँमा १ करोड ३ लााख ९४ हजार ८९९ रुपैयाँ, असोजमा १ करोड १६ लाख ८५ हजार ७९२ रुपैयाँ , कार्तिकमा ४० लाख ९७ हजार ५५४ रुपैयाँ राजस्व संकलन भएको सुचना अधिकारी राज कुमार प्रसाईले जानकारी दिनुभयो ।

    मंसिरमा १ करोड ४ लाख ६० हजार ९४२ रुपैयाँ, पुसमा १ करोड २६ लाख ६४ हजार ६६६ रुपैयाँ माघमा ९६ लाख ५९ हजार ६९२ रुपैयाँ, फागुनमा ९९ लाख २४ हजार ९३२ रुपैयाँ, चैतमा ८९ लाख ४८ हजार ९७९ रुपैयाँ संकलन भएको थियो । त्यस्तै वैशाखमा ८५ लाख ७४ हजार ४९४ रुपैयाँ, जेठमा ९१ लाख ७ हजार ४२७ रुपैयाँ र असारमा ६५ लाख ६ हजार २७१ रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।

    मालपोत कार्यालयको आर्थिक बर्ष २०८०/८१ मा राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्कालगायतका शीर्षकबाट जिल्लाका २ वटा नगरपालिका र ७ वटा गाउँपालिकाबाट विविधतर्फबाट ५ हजार २३९ र रोक्कातर्फबाट २ हजार ९८६ सँख्या लिखित पास भएको सुचना अधिकारी प्रसाईले जानकारी दिनुभयो ।

    आर्थिक बर्ष २०७९/८० मा १० करोड ८९ लाख १३ हजार ८९७ रुपैयाँ राजस्व संकलन भएको थियो । जसमा पूँजिकर लाभकरबाट ५ करोड ५१ लाख ६३ लाख ७२७ रुपैयाँ संकलन भएको छ । रजिष्ट्रशनतर्फको धितो (रोक्का) बाट १ करोड ६१ लाखा ४२ हजार ८७० रुपैयाँ र विविधबाट ९ करोड २७ लाख ७१ हजार २७ रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।