हरिहरपुरगढीको वित्तीय प्रगति सार्वजनिक, कुल बजेटको ७७ प्रतिशत खर्च

असार २७,सिन्धुली/जिल्लाको हरिहरपुरगढी गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०/८१ मा विनियोजित कुल बजेटको ७७ दशमलव ७९ प्रतिशत मात्रै खर्च गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको लागि कुल ५५ करोड ९८ लाख २५ हजार ३१ रुपैयाँ विनियोजन गरेकोमा ४३ करोड ४९ लाख ४३ हजार ८१२ रुपैयाँ १६ पैसा अर्थात ७७ दशमलव ६९ प्रतिशत खर्च भएको हो ।
बुधबार गाउँपालिकाले आधिकारीक पेजबाट १ बर्षको वित्तीय प्रगति सार्वजनिक गरेको थियो । हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकरा द्धारा हस्ताक्षरित वित्तीय प्रगतिमा चालु तथा पुँजिगत खर्च तर्फ विनियोजित कुल बजेट र हालसम्मको कुल खर्च सार्वजनिक गरिएको छ ।

जसमा चालु तर्फ ४० करोड ९५ लाख १५ हजार ४२६ रुपैयाँ विनियोजन गरिएकोमा ३२ बरोड ५५ लाख २३ हजार २८८ रुपैयाँ१६ पैसा अर्थात् ७९ दशमलव ४८ प्रतिशत खर्च भएको जनाइएको छ ।

पुँजिगत तर्फ १५ करोड ३ लाख ९ हजार ६०५ विनियोजन भएकोमा १० करोड ९४ लाख २० हजार ५२४ रुपैयाँ अर्थात ७२ दशमलव ८ प्रतिशत खर्च भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *