केआइइसी सिन्धुलीको दोस्रो बार्षिक उत्सवको अवसरमा २८ जनाद्वारा रक्तदान

असार १९, सिन्धुली/कोबे इन्टरनेशल एजुकेशन सेन्टर (केआइइसी ) सिन्धुलीको दोस्रो बार्षिक उत्सवको अवसरमा रक्तदान गरिएको छ । आज सिन्धुलीमाढीमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका हुन् ।

कोबे इन्टरनेशल एजुकेशन सेन्टर सिन्धुलीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीको समन्वयमा रक्तदान कार्यक्रम सन्चालन गरिएको थियो ।

हामीले आफ्नो शरीरलाई सग्लो राखेर परोपकारका लागि गर्न सकिने सबैभन्दा सजिलो काम नै रक्तदान रहेको कोबेका सन्चालक निसान बुढाथोकिले बताउनुभयो । सँस्था बाट सेवा प्रदान गरेको २ बर्ष पुगेको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
‘यसलाई ‘महादान’ पनि भनिएको छ । किनभने हामीले रक्तदान गर्दा त्यसले अरु विरामी वा रोगीले नयाँ जीवन पाउन सक्छन् । एक युनिट रगतले पनि कसैको ज्यान बच्न सक्छ । ;सन्चालक बुढाथोकिले भन्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका सभापति असोक श्रेष्ठले सुरक्षा र स्वास्थ्यलाई सुनिश्चित गर्नका लागि रक्तदान महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले सेवा सँगै पुण्यको कामका समेत सक्रिय देखिएको भन्दै खुसि व्यक्त गर्नुभयो ।
‘ प्रत्येक केही सेकेन्डमा कसैलाई रगत चाहिन्छ । रगतको आवश्यकता सधैं रहिरहन्छ । रगत दान गर्नसक्ने प्रत्येक व्यक्तिले नियमित स्वेच्छिक रक्तदान गर्नुपर्छ, जसले गर्दा देशमा पर्याप्त रक्त आपूर्ति हुन्छ ; उहाँले भन्नुभयो ।
रक्तदान गर्ने व्यक्तिलाई कोबे इन्टरनेशल एजुकेशन सेन्टर सिन्धुलीले प्रमाण पत्र तथा फलफुल वितरण गरेको थियो । सो सँस्थाले विगत २ बर्ष देखि सिन्धुलीमा कोरियन र जापनिज भाषा अध्ययन अध्यापन गराउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *