आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको ऐन सम्बन्धि बहस तथा पैरवी कार्यक्रम

असार ११, सिन्धुली/जिल्लामा आमाको दुधलाई प्रतिस्थापन गर्ने (विक्री वितरण नियन्त्रण ) वस्तुको ऐन, २०४९ सम्बन्धी बहस तथा पैरवी कार्यक्रम सन्चालन गरिएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा सिन्धुलीका स्वास्थ्यकर्मीसँग सो कार्यक्रम सन्चालन गरिएको हो ।
कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश बिष्टले शिशु जन्मेको १ घण्टामै स्तनपान गराउँदा शिशु र आमालाई हुने फाइदाको बिषयमा प्रष्ट पार्नुभएको थियो । उहाँले पोषण तथा स्तनपानको वर्तमान अवस्था, स्तनपान संरक्षण, प्रवर्द्धन र सहयोगको लागि नीतिगत व्यवस्थाको बिषयमा सहजीकरण गर्नुभएको थियो ।
शिशु जन्मिएको १ घण्टामै स्तनपान गराउँदा पाठेघर तथा स्तनको क्यान्सर हुन नदिने, बच्चाप्रतिको आत्मियता तथा माया प्रगाढ बढाउँने, सुत्केरी भइसकेपछि अत्याधिक रक्तश्रावबाट जागाउँने लगायतका स्तनपानको महत्व तथा उद्देश्यको बिषयमा प्रष्ट्याउनु भयो ।
उहाँले बागमती प्रदेशमा शिशु जन्मेको एक घण्टामै दुधदानीबाट दुध खुवाउनेको संख्या उच्च रहेकोे बताउनु भयो । उहाँले तथ्याङ्क सार्वननिक गर्दै बागमती प्रदेशमा ४३ प्रतिशतले दुधदानीबाट दुध खुवाउने गरेको पाइएको बताउनुभयो ।
७ वटा प्रदेश मध्ये बागमती प्रदेश उच्च स्थानमा पर्दछ । कोशी प्रदेशमा २५ प्रतिशत, मधेशमा १२ प्रतिशत, गण्डकीमा २७ प्रतिशत, लुम्बिनिमा २४प्रतिशत, कर्णालीमा ११ प्रतिशत र सुदर पश्चिममा १५ प्रतिशतले मात्रै प्रयोग गर्ने गरको पाइएको उहाँले जानकारी दिनुभयो ।
शिक्षित क्षेत्रमा दुधदानीको अत्याधिक प्रयोग भएको छ । अशिक्षित, विपन्न, आधाभुत शिक्षा लिएका क्षेत्रमा स्तनपाननै भएको पाइएको समेत उहाँले बताउनुभयो । बागमती प्रदेशमै दुधदानीको प्रयोग अत्याधिक प्रयोग हुँदै गएको तथ्याङ्क सार्बजनिक भइरहँदा सिन्धुलीमा भने त्यसो देखिदैन । सिन्धुलीमा ९७ दशमलव ७० प्रतिशतले शिशु जन्मेको एक घण्टामै स्तनपान गराउने गरिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय हेटौडाका सहायक न्यायाधिबक्ता इश्वरी प्रसाद ढकालले आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको ऐन २०४९ सम्बन्धि नियमावलीका मुख्य प्रावधानहरु, २०५१ का मुख्य प्रावधानको बिषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सिन्धुली अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर अभिशेक थपलिया, जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख राजन पोख्रेल लगायत जिल्लाका विभिन्न स्वास्थ्य सँस्थामा आवद्ध स्वास्थ्यकर्मीहरुको उपस्थिती हरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *