सिन्धुलीमा लागुऔषध : जफत बढि, मुद्धा दर्ता कम

असार ९, सिन्धुली/जिल्लामा चालु आर्थिक बर्षमा लागुऔषधको बढि मात्रा जफत भएको पाइएको छ । जसको तुलनामा मुुद्धा दर्ता भने कम भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्क अनुसार यो बर्ष अघिल्लो बर्षको तुलनामा लागुऔषध सम्बन्धि मुद्धा दर्ता कम भएको छ भने लागुऔषध बढी जफत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लले आज पत्रकार सम्मेलन गरेर लागु औषध सम्बन्धि ३ बर्षीय तथ्याङ्क सार्बजनिक गर्नुभएको थियो ।

लगातार ३ बर्षमा लागु औषध सम्बन्धि मुद्धा दर्ता घटेको प्रहरी प्रमुख काफ्लले बताउनुभयो । आर्थिक बर्ष २०७८/७९ मा लागु औषध सम्बन्धि ४९ वटा मुद्धा दर्ता भएको थियो भने ६५ जना पक्राउ परेका थिए । आर्थिक बर्ष २०७९/८० मा ३९ वटा मुद्धा दर्ता तथा ५१ जना पक्राउ परेका थिए भने चालु आर्थिक बर्षको हाल सम्म २३ वटा मुद्धा दर्ता तथा ३१ जना पक्राउ परेको तथ्यांक सार्वजनिक गरिएको छ।

यस्तै लागु औषधको मात्रा भने अघिल्लो बर्षमा भन्दा यो बर्ष बढी जफत गरिएको तथ्याङ्कमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय सिन्ध्लीले आर्थिक बर्ष २०७८/७९ मा खैरो हिरोइन ३६ ग्राम ९९७ मिलिग्राम, चरेश ५ ग्राम ८५५ मिलिग्राम, गाँजा १ सय ५४ किलो ४ सय २१ ग्राम, एम्पुल टिटि २ हजार ३ सय ४४, ट्याबलेट १ हजार ९ सय ७५ पिस, झोल पदार्थ २ सय २१ बोतल जफत गरिएको थियो ।

त्यसैगरी आर्थिक बर्ष २०७९/८० मा खैरो हिरोइन ४७ ग्राम ३० मिलिग्राम, चरेश ७ सय ग्राम, गाँजा ४ सय २७ किलो ३ सय २८ ग्राम, ट्याबलेट १ हजार १ सय २१ वटा र झोल पदार्थ १ सय ४० बोतल जफत गरिएको थियो । चालु आर्थिक बर्षमा खैरो हिरोइन ६८ दशमलव ४२९ ग्राम, हाल सम्म गाँजा ६ क्वीन्टल ८ सय ८९ किलो २ सय ४५ ग्राम, एम्पुल ४ हजार ११, ट्याबलेट ८ हजार ७ सय ३६ वटा र झोल पदार्थ ७ सय ५३ बोतल जफत भएको प्रहरी प्रमुख काफ्लले जानकारी दिनुभयो ।

खासगरी युवा वर्ग लागुपदार्थको सेवनमा फसेका घटनाहरु बढिरहेका छन् । यसलाई न्युनिकरण गर्न र युवाहरुलाई लागुपदार्थको दुव्र्यसनबाट टाढा राख्न अभिभावकहरुले पनि भूमिका खेल्नुपर्ने प्रहरी प्रमुख काफ्लेले बताउनुभयो । प्रहरी कार्यालयले मादक पदार्थ, लागु पदार्थ तथा कुलतजन्य पदार्थबाट टाढै बस्न के–कस्ता उपायहरु अपनाउन सकिन्छ र यसका बेफाइदाहरु के–कस्ता हुन्छन् भन्ने विषयमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु सन्चालन गरिरहेको पनि प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *