-
असार ७, सिन्धुली/सिन्धुलीमा ६१ जना एचआईभी संक्रमित रहेका छन् । सिन्धुली प्लसको तथ्याङ्क अनुसार जिल्लाको सरकारी अस्पताल सिन्धुली अस्पतालको एआरटीबाट ६१ जना एचआईभी संक्रमितले निशुल्क औषधि सेवन गरिरहेको जनाएको छ ।
जस अनुसार कमलामाई नगरपालिकामा सबैभन्दा धेरै ३५ जना संक्रमित रहेका छन् । ८ बर्ष उमेर समुह देखि ६० बर्ष उमेर समुहका मानिस एचआइभी संक्रमित रहेको सिन्धुली प्लसकी मिना मगरले जानकारी दिनुभयो । त्यस्तै दुधौली नगरपालिकामा १५ जना, तीनपाटन गाउँपालिकामा ९ जना, मरिण गाउँपालिकामा ७ जना , गोलन्जोर गाउँपालिकामा ५ जना, फिक्कल गाउँपालिकामा ५ जना,हरिहरपुरगढी गाउँपालिकामा ३ जना र घ्याङलेख र सुनकोशी गाउँपालिकामा २/२ जना रहेको तथ्याङ्कमा उल्लेख छ ।
पहिलेको तुलनामा एचआइभी/एड्स संक्रमित बढ्दै गइरहेको सिन्धुली प्लसकी मिना मगरले बताउनु भयो । “पहिलेको तुलनामा पछिल्लो समय संक्रमित बढिरहेको देखिन्छ । हुन त पहिले संक्रमित भएर पनि खुल्दैनन् थिए । अहिले संक्रमितहरु खुल्न थालेर पनि संख्या बढेको हुन सक्छ । ; उहाँले भन्नुभयो । नियमित रुपमा औषधी सेवन गर्ने मात्रै ६१ जना छन् । अझै नखुल्ने अरु जिल्लाबाट औषधि सेवन गर्ने पनि रहेको उहाँले बताउनुभयो ।
“जिल्लाकै संक्रमितहरु पनि अन्य जिल्लाबाट औषधि सेवन गरिरहेका पनि छन् । त्यो हेर्दा जिल्लामा संक्रमितको संख्या अझै बढी छन् ; मगरले थप्नुभयो । सिन्धुली प्लस गैरसरकारी संस्था हो । २०७३ सालबाट एचआईभी एड्स महासंघ नेपालबाट फण्डिङ भएर एचआईभी/एड्स सँग सम्बन्धीत काम गदैँ आइरहेको छ ।
जिल्लामा सुईद्वारा लागूपदार्थ सेवन गर्नेहरू, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरू, वैदेशिक रोजगारीमा गएकाहरूबाट संक्रमित बढिरहेका छन् । सिन्धुली प्लसले एचआइभी रोकथामको लागि जनचेतनामुलक कार्यक्रम तथा संक्रमितहरुलाई सुरक्षित व्यवस्थापन गर्नको लागि काम गरिरहेको छ ।
News Desk 0 response शुक्रबार, असार ८, २०८१

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२