-
असार ३, सिन्धुली/कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०८०/८१ को ११ महिनाको आन्तरिक राजस्व ५ करोड ८१ लाख ९ हजार २ सय ५३ रुपैयाँ उठेको छ । नगरको आन्तरिक राजस्व विभागको अनुसार चालु आर्थिक बर्षको साउन देखि जेठ सम्ममा विभिन्न शिर्षकमा सो राजस्व उठेको हो ।
नगरको आन्तरिक राजस्व विभागको तथ्याङ्क अनुसार साउनमा ७७ लाख ४३ हजार ६ सय ८८ रुपैयाँ , भदौमा ४२ लाख ७६ हजार ६ सय ७ रुपैयाँ,असोजमा ४१ लाख ३४ हजार २ सय ६६ रुपैयाँ राजस्व उठेको थियो । कार्तिकमा २६ लाख ८४ हजार ६ सय ३३ रुपैयाँ, मंशिरमा ४९ लाख ३९ हजार २ सय ३४ रुपैयाँ, पुसमा सबैभन्दा धेरै ८८ लाख ९६ हजार ५ सय ९७ रुपैयाँ,माघमा ४९ लाख ८९ हजार ८ सय ७१ रुपैयाँ उठेको छ ।
फागुनमा ५३ लाख ७१ हजार ९ सय ९४ रुपैयाँ, चैतमा ४७ लाख ३१ हजार ४ सय ४८ रुपैयाँ, वैशाखमा ५२ लाख ६६ हजार ९ सय ३८ रुपैयाँ र जेठमा ५० लाख ७३ हजार ९ सय ३८ रुपैयाँ राजस्व उठेको विभागको तथ्याङ्कमा उल्लेख छ । कमलामाई नगरपालिकाले चालु आर्थिक बर्षमा आन्तरिक राजस्वबाट ८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।
तर लक्ष्यको तुलनामा ११ महिनामा ६ करोड पनि राजस्व उठेको छैन । राजस्व उठाउन साउन १ महिना मात्रै बाँकि रहेकोले लक्ष्य अनुसार राजस्व नउठ्ने आशंका गरिएको छ । नगरले गत आर्थिक बर्ष २०७९/८० मा आन्तरिक राजस्व ६ करोड ७९ लाख ३१ हजार ८ सय ६५ रुपैयाँ उठेको थियो ।
गत बर्ष ६ करोड ११ लाख उठाउने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा धेरै राजस्व उठेको थियो । त्यस्तै आर्थिक बर्ष २०७८/७९ मा ५ करोड १७ लाख ४० हजार राजस्व उठाउने लक्ष्य राखिएकोमा ६ करोड ६ करोड ३३ लाख ५३ हजार ९ सय ७४ रुपैयाँ राजस्व उठेको आन्तरिक राजस्व विभागले जनाएको छ ।
यो बर्ष आन्तरिक राजस्व लक्ष्य भन्दा कमि उठ्ने भएकोले कमलामाई नगरपालिकाको बजेट घटाएर बनाइने नगर उपप्रमुख मन्जु देवकोटाले बताउनुभयो ।
News Desk 0 response सोमवार, असार ४, २०८१

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२