• असार २, सिन्धुली/जंगली जडिबुटी खोज्ने क्रममा सिन्धुलीको मरिणमा एकजनाको लडेर मृत्यु भएको छ ।

    मरिण गाउँपालिका वडा नं.२ कटनडाँडा बस्ने ५८ वर्षका टेक बहादुर दंगालीको जडिबुटी खोज्न जंगल जाँदा लडेर मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । दंगाल जेठ ३२ गते जडिबुटी खोज्न जंगल गएका थिए । राती अबेरसम्म पनि दंगाल घर नआएपछि असार १ गते बिहान स्थानीय र आफन्तहरुले खोजी गरेका थिए ।

    सोहि क्रममा घरदेखि पूर्व तर्फ रहेको मुंग्रेभिरको खोँचमा मृत अवस्थामा दंगाल फेला परेका हुन् । मृतकको शवलाई पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।