• जेठ ३०, सिन्धुली/अत्यधिक गर्मी बढेपछि जिल्लाको कमलामाई नगरपालिकाका विद्यालय भालि बाट एक हप्ता विदा दिइने भएको छ । कार्यबाहक नगर प्रमुख मन्जु देबकोटाद्धारा हस्ताक्षरित सूचना अनुसार भोलि बिहिबारबाट १ हप्तासम्म नगर भित्रका सामुदायिक र संस्थागत विद्यालय बन्द हुनेछ ।

    पछिल्लो समय अत्याधिक गर्मीको कारण विद्यालयको पठनपाठनमा प्रतिकूल असर परिरहेको , विद्यार्थीहरुलाई घरबाट विद्यालय जान र पठनपाठनमा समस्या भएकोले विदा दिइने बताइएको छ ।

    गर्मीको समयमा अघिल्ला बर्षहरुमा कतिपय बालबालिका मुर्छित समेत पर्ने भएकोले वर्षे विदा कट्टा हुने गरि एक हप्ता गर्मी विदा दिइएको सूचनामा उल्लेख गरिएको छ । विद्यालय बन्द गर्नको लागि अभिभावकको जनगुनासो समेत आइरहेको जनाइएको छ ।