• जेठ २७, सिन्धुली/कमलामाई नगरपालिका —१३ माथिल्लो रानिबास गाउँ ब्लक भित्रका ३२ घरधुरीलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ । आज ( आइतबार ) नापी कार्यालयले सिन्धुलीले आज एक औपचारिक कार्यक्रमका बिच ३२ घरधुरीलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेको हो ।
    नापी कार्यालय सिन्धुलीका प्रमुख सरोज बहादुर श्रेष्ठको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर उपप्रमुख मन्जु देवकोटाको प्रमुख आतिथ्यता साथै १३ नम्बर वडा वडा अध्यक्ष केशर बहादुर कार्कीको उपस्थितीमा सो पुर्जा वितरण गरिएको हो ।
    नगर उपप्रमुख मन्जु देवकोटाले जग्गा धनीलाई पुर्जा वितरण कार्य नगरपालिकाको प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले पुर्जा वितरण कार्यमा निरन्तर अघि वढ्ने वताउनु भएको थियो ।
    नापी भइसकेका गाउब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान शुरु गरिएको र यस अभियानमा भूूमि भएरपनि भूूमिविहीन बनीरहेकाहरू कोही पनि छुुट्ननहुनेमा जोड दिदै नापी हुन बाँकी गाउँब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको उहाँले बताउनुभयो ।
    समाजसेवी तथा नेपाली काङ्ग्रेका नेता उज्वल बरालले स्थानीयले बर्षो देखि मागीरहेको अधिकार भर्खर प्राप्त भएकोमा आफु अत्यन्तै हर्षित रहेको भनाई राख्नुभयो । आसा नै मारेका जग्गा धनीहरुले पुर्जा पाएको भन्दै अन्य स्थानमा समेत वितरणका लागि सम्बन्धित सरोकारवालालाई अनुरोध गर्नुभयो ।
    माथिल्लो रानिकासका गर्मी माझिले आफ्नो जग्गाको जग्गा धनी पुर्जा आउँला भनेर सोच्नुभएकै थिएन । आज जग्गा धनी प्रमाण पुर्जा हातमा आइपुग्दा उहाँ दङ्ग पर्नुभएको छ । “ लालपूर्जा पाउँछु भन्ने विश्वास थिएन तर आज पाउँदा धेरै खुशी लागेको छ ; गर्मी माझी भन्नुभयो ।
    वडा नं १३ का वडाअध्यक्ष केशर वहादुर कार्कीले आफनो वडावाट जग्गा धनीहरूको प्रमाण पुर्जा वितरण हुँदा निकै उत्साहित भएको बताउनुभयो ।
    कमलामाई नगरपालिका –१३ माथिल्लो रानिकासमा गाउँ ब्लक भित्रका ३२ घरधुरी मध्येका २३ घरधुरीलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको कमलामाई इकाइ प्रमुख मुकेश तामाङले जानकारी दिनुभयो । अन्यको उपस्थित नभएको कारण नापी कार्यालयमा राखिएको छ । विभिन्न बर्षमा नापीले नापेको ब्लग जग्गा धनीलाई पुर्जा वितरणको कार्य निरन्तर चलिरहेने उहाँले बताउनुभयो ।