जंगली च्याउ खाँदा तीनपाटनमा परिवारका ५ जना विरामी

जेठ २४,सिन्धुली/जिल्लाको तीनपाटन गाउँपालिका –४ विस्टारमा जंगली च्याउ खाँदा परिवारनै विरामी भएका छन् । आज विहान १० बजेको सयमा केशव बहादुर भुजेल (६७) को परिवारले जंगली च्याउँ खाँदा परिवारनै विरामी परेका हुन् ।

जंगलबाट ल्याइएको अज्ञात सेतो च्याउ खाँदा परिवारको ५ जनानै विरामी परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।

विरामी हुनेहरुमा केशव बहादुर भुजेल (६७), उनकी श्रीमती पुर्णमाया भुजेल(५३), छोरा घनश्याम भुजेल(३८),नाति किरण भुजेल (२१), नातिनी वुहारी नानीमाया समाल (२०) विरामी परेका हुन् ।

विरामीहरुको तिनपाटनको प्राथमिक स्वास्थ्य केन्द्र लामपन्टारमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *