• जेठ २०, सिन्धुली/चन्द्रावती माध्यमिक विद्यालय बेलघारी तीनपाटन गा.पा. १ को ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। आज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज दाहालको अध्यक्षता तथा तीनपाटन गाउँपालिका उपाध्यक्ष धनबहादुर पुलामी मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    गाउँपालिका उपाध्यक्ष मगरले विद्यालयको विकास तथा गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । विद्यालयको जग्गा विवाद मिलाउन पनि गाउँपालिकाले सहजिकरण गर्ने वताउनु भयो ।

    कार्यक्रममा पुर्व प्रधानध्यापक रामजी सुवेदी, भुवन प्रसाद दाहाल, अर्जुन प्रसाद बराल, केशब प्रसाद पहाडी, अर्जुन कुमार घिमिरे, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज दाहाल, कृष्णहरि घिमिरे, गम्भीर सिंह तामाङ, नानीमाया पाण्डेलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा प्रधानध्यापक चेत बहादुर तामाङ्गले १ करोड २५ लाख ५४ हजार ३ सय ६५ रूपैया बराबरको बार्षिक आय-व्याय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पुर्व विध्यार्थी धनबहादुर सुनुवारले आफ्नो बुबा- आमा बुद्धबहादुर सुनुवार र दिलमाया सुनुवारको नाममा अक्षय कोष र पदम प्रसाद बराल र तोया बरालको नाममा अक्षय कोषबाट बिद्यालका गरिब तथा जेहेनदार १४ जना बालबालिकालाई छात्रावृत्ति प्रदान गरियो ।

    कार्यक्रममा कक्षागत प्रथम, दितीय, तृतिय हुने विद्यार्थी तथा खेलकुदमा उत्कृष्ठ हुने बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको थियो । उत्कृष्ठ शिक्षक लक्ष्मी कुमारी पोखरेल, लता ढुङ्गेल र पुरूषोतम परियालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा तीनपाटन गाउँपालिका वडा नं. १ का वडाध्यक्ष गोविन्द बहादुर राउत, नेकपा एमालेका विष्णु नेपाल, नेपाली काँग्रेसका मुकेश घिमिरे, नेकपा माओवादी केन्द्रका रमेश अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रम संचालन शिक्षिका सरिता श्रेष्ठले गर्नुभएकध थियो ।