• जेठ २०, सिन्धुली/२ दिने औद्योगिक मेला तथा प्रर्दशनी आज बाट सूरु भएको छ । जिल्लाको कमलामाई नगरपालिकामा औद्योगिक मेलाको आज उद्घाटन गरिएको हो ।

    मेलाको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेल र उपप्रमुख मन्जु देवकोटाले संयुक्त उद्धघाटन गर्नुभएको थियो । कमलामाई नगरपालिका – ६ स्थित लोकतान्त्रीक चोक अगाडी मेला लगाइएको छ ।
    “स्थानीय उत्पादनलाई प्रवर्धन गरौ, उद्यम ब्यवसाय गरि रोजगार बनौ” भन्ने मुल नाराका साथ कमलामाई नगरपालिकाको उद्योग तथा ब्यवसाय प्रबर्धन शाखाको आयोजनामा औद्योगिक मेला तथा प्रदर्शनी गरिएको हो ।
    कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले साना उद्योगको विकास र प्रर्वद्धनका लागि बजारको व्यवस्था अत्यन्तै आवश्यक रहेको बताउनुभयो । स्थानीय स्तरमा उत्पादित वस्तुको प्रदर्शन एवम् बिक्री प्रवर्द्धन, बजारीकरण प्रचार प्रसारका लागि मेलाको लगाइएकोे बताउनुभएको छ । उहाँले स्थानीय स्तरमा संचालित उद्योग तथा ब्यवसायलाई नगरपालिकाले प्रोत्साहन गर्न नगरपालिका प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
    मेलाको मुख्य उद्देश्य नै स्थानीय परिकार, उत्पादन र सिपको विकास गर्ने भएकाले लघु तथा घरेलु उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराईएको नगर उपप्रमुख मन्जु देवकोटाले बताउनुभयो ।
    मेलामा ३४ वटा स्टलमा स्थानीय स्तरमा उत्पादीत बस्तुहरु प्रदर्शन गरिएको छ । तरकारी, स्थानीयले बुनेका ढाकाका कपडाहरु, कोरियन होलिस्टोन गाईबाट उत्पादित छुर्पी, घिउ, अर्गानिक तरकारी, खुवाको चकलेट, च्याख्ला, आलुबाट प्रयोग गरेर बनाएका चिप्स्, रोटी, ब्याग, प्लास्टिक मुक्त बनाउन झोलाहरू, साबुन र दालचिनीको धुलो, मसौरा, तितौरा लगायत स्थानीयले उत्पादन गरेको सामग्री प्रदर्शनमा राखीएको छ ।