• जेठ २०, सिन्धुली/सिन्धुलीमा स्थानीय तह र मानव अधिकार अभिमुखिकरण कार्यक्रम सन्चालन गरिएको छ । आज (आइतबार) कमलामाई नगरपालिकाको आयोजना तथा इन्सेक नेपाल र स्वाधिन पत्रिकाको सहकार्यमा सो कार्यक्रम सन्चालन गरिएको हो ।

    कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पाख्रेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समन्वय उपप्रमुख शान्ता कार्की, नगर उपप्रमुख मन्जु देवकोटा तथा कमलामाई नगरपालिकाको १४ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य तथा कर्मचारीको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा इन्सेक नेपालका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहनुभएका डाक्टर कुन्दन अर्यालले सुशासन र मानव अधिकारको बिषयमा सहजीकरण गर्नुभएको थियो । राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले माव अधिकार र मौलिक हकको बिषयमा प्रष्ट्याउनु भएको थियो ।

    त्यस्तैे मानव अधिकार राष्ट्रिय कार्ययोजना र स्थानीय न्यायीक समितिको अवस्थाको बिषयमा पनि उहाँले सहजीकरण गर्नुभएको थियो । उहाँले मानव अधिकार राष्ट्रिय कार्ययोजनाले समेटेका शिक्षा,स्वास्थ्य ,खाद्य अधिकार,वातावरण र दिगो विकासको बिषयमा प्रष्ट पार्नुभएको थियो ।

    इन्सेकका बरिष्ठ अधिकृत सम्झा श्रेष्ठले सङ्घीयता र मानव अधिकारको बिषयमा सहजीकरण गर्नुभएको थियो । राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले मावन अधिकारमुखी विकास पद्धतिको बिषयमा आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा स्वाधिन पत्रिकाका प्रकाशक रुद्र खड्काले स्वागत मन्तव्य तथा कार्यक्रमको उदेश्यको बिषमा प्रकाश पार्नुभएको थियो ।