-
जेठ १३, सिन्धुली/जिल्लाका बालकालिकालाई पोलियो विरुद्धको खोप आईपिभी जेठ २० देखि २५ गते सम्म लगाइने भएको छ । राष्ट्रिय खोप केन्द्र नेपालको कार्यक्रम अनुसार बाल मृत्युदर घटाउने उद्देश्यले जिल्लामा जेठ २० देखि २५ गते सम्म आइपिभी खोप अभियान सन्चालन गरिने भएको हो ।
आइतबार (आज) जनस्वास्थ्य कार्यालय सिन्धुलीले सन्चारकर्मीसँग १ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेर जिल्लामा उक्त खोप अभियान सन्चालन गरिने जनाकारी दिएको थियो । जिल्ला समन्यय समितिका समन्वय प्रमुख कार्साङ लामाको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको हो ।
पोलियो रोगबाट बर्षेनी धेरै बालबालिकाको मृत्यु हुने गरेकोले आईपिभी खोप सुरुवात गरिएको जनस्वास्थ्य कार्यलय सिन्धुलीका प्रमुख राजन पोख्रेलले बताउनुभयो । “पोलियो बिरुद्धको ओपिभी खोप एकबर्ष मुनिका बालबालिकालाई नियमित खोप सेवाको माध्यमबाट विगत लामो समयदेखि दिइदै आएको छ । त्यसैगरी यो रोग विरुद्धको अर्को खोप आइपिभी २०७१ सालबाट प्रदान गर्न सूरु गरियो । तर २०७३ सालको प्रारम्भबाट विश्व बजारमा यो खोपको अभाव भएर आपुर्ति भएन । दुई बर्ष भन्दा बढी यो खोप लगाउन बाट बालबालिका बन्चित भए । ती बालबालिका पोलियो रोगको जोखिममा रहिरहने भएकोेले आइपिभी खोप अभियान सन्चालन गरिएको हो । ; प्रमुख पोख्रेलले भन्नुभयो ।
त्यसैले आइपिभी खोप दिने बालबालिकाको उमेर समुह २०७३ साल वैशाख देखि २०७५ असोज सम्म जन्मीएका बालबालिकालाई निर्धारण गरिएको उहाँले बताउनुभयो । तसर्थ हाल साढेँ ५ बर्ष देखि ८ बर्षका बालकालिकालाई मात्रै खोप दिइने छ ।
जिल्लामा आइपिभी खोप अभियानको लक्षित जनसंख्या १५ हजार ८ सय ४० जना रहेको खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिनुभयो । जिल्लाभर एकैपटक सन्चालन गरिने खोप अभियानमा आइपिभी खोप केन्द्र संख्या ६ सय ५८ तोकिएकोमा विद्यालयमा खोप केन्द्र ५ सय ७३ र स्वास्थ्य संस्थामा ८५ स्थानमा तोकिएको अधिकृत पन्तले बताउनु भयो । सो अभियानमा जिल्लाभर ६ सय ५८ जना स्वास्थ्यकर्मी खटाइने छन् ।
News Desk 0 response आइतवार, जेष्ठ १३, २०८१

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२