मरिणमा ‘गृहणी महिला सशक्तिकरण कार्यक्रम’ मन्त्री मोक्तानद्धारा उद्घाटन

जेठ १२, सिन्धुली/बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले मरिणमा एक महिने सिप तथा क्षमता विकास तालिमको उद्घाटन गर्नुभएको छ । मरिण गाउँपालिका – ५ बढीमहनमा गार्मेन्ट उद्योग संचालनको लागि एक महिने सिप तथा क्षमता विकास तालिमको मन्त्री मोक्तानले शनिबार (आज) एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

बागमती प्रदेशको ‘गृहणी महिला सशक्तिकरण कार्यक्रम’ अन्र्तगत प्रदेशको ८५ प्रतिशत बजेट र मरिण गाउँपालिकाको १५ प्रतिशत बजेटमा तालिमको आयोजना गरिएको छ । सामाजिक विकास मन्त्रालयले नयाँ अवधारणा बनाएर चालु आर्थिक बर्षबाट प्रदेशको ३५ वटा पालिकामा लागू हुने गरी गृहणी महिला सशक्तिकरण कार्यक्रम कार्यन्वयनको चरणमा अगाडी बढेको मन्त्री मोक्तानले बताउनु भएको छ ।

सम्भवत सो कार्यक्रम लागू गर्ने मरिण गाउँपालिका बागमती प्रदेशकै पहिलो पालिका रहेको उहाँले बताउनुभयो । “ सिन्धुलीमा मात्रै ६ वटा पालिकामा यो कार्यक्रम परेका छन् । अन्त प्रक्रियागत नै छन् । उद्घाटन गर्ने मरिण पहिलो पालिका हो ।; उहाँले भन्नुभयो ।

“आज पनि धेरैजसो दिदिबहिनी आत्मनिर्भर नहुँदा चुला चौका र घाँस दाउरामै सिमित छन् । पुरुष त वैदेशिक रोजगारी तथा व्यापारको लागि एउटा केन्द्रित शहरमा पुग्छन् । तर महिलाहरुलाइृ पारिवारि हिसाबले परिवारलाई संरक्षण, विकास गर्नुपर्ने, छोराछोरीको स्याहार्नु पर्ने दायित्व हुन्छ । त्यस्ता महिलाहरुलाई पारिवारिक काम सकेर बाँकि समयमा सिप सिकाएर आत्मनिर्भर बनाउने नै यो कार्यक्रमको उदेश्य हो ।; मन्त्री मोक्तानले थप्नुभयो ।

बाहिरका बस्तु ल्याएर सिकेर व्यवसायिक गर्ने हैन गाउँमै भएका रैथाने सीप सिकेर उत्पादन लाई व्यवसायिकरण गर्ने, बजारीकरण गर्ने र आत्मनिर्भर बन्ने गरी सिप सिक्नको लागि मन्त्री मोक्तानले जोड दिनुभयो । सिप सिकेर यहीका रैथाने उत्पादनलाई जोड दिएर गाउँमै रोजगारी सिर्जना गर्नु नै सो कार्यक्रमको उदेश्य रहेको बताउँदै मन्त्री मोक्तानले मरिणले गार्मेन्ट सन्चानको लागि गृहणी महिलालाई सिप सिकाउने राम्रो सिप छनोट गरेको बताउनुभयो ।

गार्मेन्ट भन्दा बाहेक गृहणीको चाहाना अनुसार सिप प्रदान गर्न उहाँले पालिका प्रमुख निर्देशन गर्नुभएको छ । सो कार्यक्रम बामगती प्रदेशको पन्च बर्षे योजना भएकोले प्रत्येक बर्ष फरक फरक सिप सिकेर सफल उद्यमी बन्न सहयोग पुग्ने उहाँले बताउनुभयो । सीप सिकेर बिचमै छोड्ने, अल्छी बन्ने , सरकारको बजेट भन्दै वेवास्ता गर्ने खालका क्रियाकलाप नगरी मेहनत,लगनशील भएर सिप सिक्न उहाँले गृहणीहरुलाई आग्रह गर्नुभयो ।

मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले ठुल्ठुला भवन, सडक,डोजरे विकासले मात्रै समाजका नागरिकको अवस्था बदलिन्छ भन्ने हैन, सामाजिक न्याय सहितको सामाजिक विकासनै आजको आवश्यकता रहेको बताउनु भयो । गृहणीलाई आर्थिक रुपमा बलियो बनाउन महिलानै त्यो ठाउँमा पुग्नु पर्छ भन्ने गतिलो उदाहरण सामाजिक विकास मन्त्री कुमारी मोक्तानले दर्साउनु भएको उहाँले बताउनुभयो ।

मरिणमा विभिन्न किसिमको सिप विकासको तालिम दिएपनि उपलब्धी नदेखिएकोले अव धेरैजना लाई हैन सिमित महिलाई अर्थपुर्ण उपलब्धी देखिने गरि सिप सिकाउने योजना रहेको मोक्तानले भन्नुभयो । १ महिने सिप विकास तालिममा मरिण गाउँपालिका –५ को २५ जना गृहणीलाई सिकाइने छ । अन्य वडामा अन्य सिप विकासका तालिम दिइने अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *