नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन गर्दै

जेठ ७, सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशनको मिति तोकेको छ । आज जिल्ला कमिटी सिन्धुलीले पत्रकार सम्मेलनको आयोजना गरेर पालिकाहरुमा अधिवेशनको मिति घोषणा गरको हो ।

९ वटै पालिकाको अधिवेशन जेठ भित्रमा सकिने मिति तय भएको जिला कमिटि अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताउनुभयो । नेकपा एमाले मरिण गाउँपालिका कमिटीको ७ गते (आज) छापमा पालिका अधिवेशन गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

गोलन्जोर गाउँपालिका कमिटीको जेठ ८ र ९ गते खनियाँखर्कमा, तिनपाटन गाउँपालिका कमिटीको जेठ ११ र १२ गते चकमकेमा हुने भएको छ । त्यस्तै हरिहरपुरगढी गाउँपालिका कमिटीको ११ गते झ्याडीमा, सुनकोशी गाउँ कमिटीको १२ गते पन्युउमा गरिने जनाइएको छ ।

फिक्कल गाउँपालिका कमिटीको १३ गते महोदवडाँडाँको दमारमा, दुधौली नगरपालिका कमिटीको १४ र १५ गते दुधौली बजारमा, कमलामाई नगर कमिटीको १५ र १६ गते सिन्धुलीमाढीमा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
घ्याङलेख गाउँपालिका कमिटीको १९ गते कोल्टारमा तय गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *