बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
जेठ ५,सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका –४ बरालीमा १० दिने चकटी बुन्ने तालिम आजबाट सूरु भएको छ । महिलालाई लक्षित गदैँ वडा नम्बर ४ को आयोजनामा पराल,बाबियो,थाकल,खर तथा खोस्टाबाट चकटी बुन्ने तालिम सूरु भएको हो ।
कमलामाई नगरपालिका –४ का वडा सचिव रबिन योन्जनले तालिमको औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो । बिशेषगरी दलित समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि सो किसीमको तालिम सन्चालन गरिएको वडा सचिव तामाङले बताउनु भयो ।
“बजारमा पछिल्लो समय चकटीको निकै नै माग भएको पाइन्छ । उद्यमीहरुको कुरा सुन्दा चकटी बनाउने सीप नहुँदा माग पूरा गर्न सकिरहेको छैन । बजारको मागलाई मध्येनजर गदैँ हामिले वडाका महिलालाई तालिम सन्चालन गरेका हौँ । ; सचिव योन्जले भन्नुभयो ।
चकटी घरमै पाइने पराल,खोस्टा,बाबियो लगायतका कच्चा सामग्री प्रयोग गरेर घरमै बसेर पनि बुन्न सकिने हुँदा सहज हुन्छ । राम्रो र आकर्षक चकटी बुन्न सकेमा प्रतिगोटा १ हजार देखि १ हजार ५ सय रुपैयाँमा बिक्रि हुनेभएकोले आर्थिक स्तर पनि बढ्ने उहाँले बताउनुभयो ।
घरमै प्रयोग हुने गरी सामान्य प्रकारले चकटी बुने पनि व्यवसायीक रुपमा भने ध्यान नगएको प्रशिक्षार्थी बिमला विशंखेले बताउनुभयो । “घरमै बसेर सहजै ढङ्गले पैसा कमाउन सकिने रहेछ । हामिले बनाएको सामान्य नै हुन्थिए । तालिमबाट बजारमा माग भए अनुसारको चकटी बुन्न उत्साहित छौँ ; विशंखेले भन्नुभयो ।
तालिममा बराली,रायडीका ५० जना महिलाहरुको सहभागि रहेका छन् भने व्यवसायीक चकटी बुन्ने २ जना प्रशिक्षकहरुले सहजीकरण गरिरहेका छन् ।
वडाले महिलालाई लक्षित गदैँ १० दिने चकटी बुन्ने तालिम ३ ठाउँमा सन्चालन गरिरहेको छ । पहिलो पटक बरालीमा आजबाट सन्चालन भएको छ । केवरेमा भोलि देखि सन्चालन हुने छ भने साङ्बालेमा पनि सो तालिम सन्चालन हुने जनाइएको छ ।