-
जेठ १ ,सिन्धुली/जिल्लामा म्याद गुज्रेका डेढ लाख रुपैयाँ भन्दा बढीको सामग्री जफत गरी नष्ट गरिएको छ । कमलामाई नगरपालिका –४ ढुङ्ग्रेबास स्थित कमला सप्लायर्सबाट १ लाख ६७ हजार ८ सय ५० रुपैयाँ बराबरको म्याद गुज्रेका सामाग्री जफत गरी नष्ट गरिएको हो ।
सोमबार घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय ,उद्योग बाणिज्य संघ सिन्धुली सरोकारवाला लगायतको संयुक्त अनुगमन समिति सिन्धुलीको टोलीले नियमित अनुगमनका क्रममा कमला सप्लायर्सबाट म्याद गुज्रेका सामग्री जफत गरेको थियो । कमला सप्लायर्सबाट म्याद गुज्रेका २ सय ५० एमयलको पेय पदार्थ (कोकाकोला) १ हजार ७ सय ७६ वटा र चामल, चिउरा जस्ता अन्य खाद्यन्न सामाग्री जफत गरी नष्ट गरिएको उद्योग बाणिज्य कार्यालय सिन्धुलीका सरिता कुमारी मगरले जानकारी दिनुभयो ।
कमला सप्लायर्सका सन्चालक जय कुमार दासले यसबारे डिलरले पठाएको सामान हो भन्दै आफुले याद नगरेको जवाफ दिएका थिए । अनुगमन समितिले भने डिलर सन्चालकलाई उपस्थित गराएर जफत भएका सामग्री नष्ट गरिदिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेको फेला पारिएको मकैको दाना कम्पनीलाई नै फिर्ता गर्नुपर्ने चेतावनी दिइएको मगरले जानकारी दिनुभयो ।
कमला सप्लायर्सका सन्चालक जय कुमार दासले अन्य ठाउँमा सन्चालन गरेको सप्लायर्समा समेत अनुगमन गरिएको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर गर्मिको समयमा अत्याधिक मात्रामा उपभोग हुने पेय पदार्थ (कोकाकोला, ड्यू, फ्याण्टा, स्प्राइट) लगायत अन्य खाद्य सामाग्रीको नियमित अनुगमन भइरहेको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ १, २०८१

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२