• वैशाख १, जेठ/सिन्धुलीमा ट्याक्टर दुर्घटनामा हुँदा एक जना पुरुषको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका —२ का ३५ बर्षिय रोसन लामिछाने रहेका छन् ।

    गोलन्जोर गाउँपालिका – ३ स्थित कात्तिकेबाट खोक्लिङ्ग जाने भित्री कच्ची सडक खण्डमा सोमबार ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता अनिल कुमार खड्काले जानकारी दिनुभयो । चालक दुर्घटना स्थलबाट ६० मिटर तल रुखमा अड्किएको अवस्थामा मृत फेला परेका थिए ।

    सोमबार साढे बाह्र बजेको समयमा ग्वालटारबाट खोक्लिङ्ग जादै गरेको ना. ६ त २२२४ नं. को गिट्टी लोड गरेको ट्रयाक्टर आफै अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल बाँया साईडमा खसेको थियो मृतक शव पोषमार्टमको लागि सिन्धुली अस्पताल सिन्धुलीमा राखिएको छ भने ट्याक्टर पुर्ण रुपमा क्षति भएको अवस्थामा घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।