• वैशाख ३१, सिन्धुली/जिल्लाको सुनकोशी गाउँपालिकाले उपभोक्ताहरुलाई खानेपानीको पाइप वितरण गरेको छ । चैत,बैशाख महिना सूरु भए सँगै विभिन्न सामुदायिक वनमा लागेको डढेलोले स्थानीयको खानेपानीको पाइपमा समेत क्षति पुगेको थियो ।
    डढेलोबाट खानेपानीको पाइप ध्वस्त भएपछि स्थानीयको समस्यालाई मध्येनजर गदैँ सुनकोशी गाउँपालिकाले उपभोक्ता मार्फत खानेपानीको पाइप वितरण गरेको हो । उपभोक्तालाई गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइराला सहित विभिन्न वडाका वडा अध्यक्षको उपस्थितीमा खानेपानीको पाइप वितरण गरिएका छ ।
    वडा नं. १ को ज्वालादेवि मा.वि. लाई ४ सय मिटर, देविस्थान खानेपानीलाई ५ सय मिटर, रुपाटार खानेपानीलाई ६ सय मिटर, ज्वालादेवि मा.वि. देविस्थान र कामीटोल लाई ३२ एमएमको पाइप २ सय मिटर, ज्वालादेवि मा.वि. देविस्थान र कामीटोल लाई २० एमएमको ७ सय मिटर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष बोहोराले जानकारी दिनुभयो ।
    ढुंगेधारा पाइप योजना लाई ५० मिटर, देविस्थान सिंचाइ लाई ३ सय मिटर, धारापानी घ्याम्पाटारमा स्वास्थ्य, कार्तिकेखोला, मानेडाडा गरि १३ सय मिटर र गजुलीदह खानेपानी लाई १२० मिटर पाइप वितरण गरिएको छ ।
    त्यस्तै वडा नंं. २ मा कार्तिकेखोला, भुसुने, पात्ले, वाजो हाईडाडा गरि ३२ एमएमको एकसय मिटर र २५/१६ को २ हजार ४ सय ९५ मिटर, वडा नम्बर ४ मा ठुलेखोल्सा पन्चकन्या खानेपानीको लागि ३२ एमएमको एकहजार मिटर र २०/१६ को ३ सय मिटर पाइप वितरण गरिएको जनाइएको छ ।
    त्यस्तै वडा नं. ६ मा धोवीखोला चारघरे लाई ९ सय मिटर, भन्ज्यांग नेवारबारीमा ४० एमएमको १ हजार ४ सय ८५ मिटर, २० एमएमको १३ सय मिटर, माथिल्लो चैनपुर, भदौरेमा ३२ एमएमको एकसय मिटर र २०/१६ को २ सय मिटर वितरण गरिएको सुनकोशी गाउँपालिकाले जनाएको छ ।
    चालु आर्थिक बर्षको हाल सम्म सुनकोशी गाउँपालिकाको ४ वटा सामुदायिव वनमा डढेलो लाग्दा १ सय ९२ हेक्टर क्षेत्रफल जङ्गल ध्वस्त भएको थियो । स्थानीयले बारीमा आगो सल्काउँदा फैलिएको डढेलोले सामुदायिक वन तथा स्थानीयको घर, गोठ ,खानेपानीको पाइप, समेत जलेर ध्वस्त भएको थियो ।