• वैशाख २४, सिन्धुली/डिभिजन वन कार्यालय सिन्धुलीले फिक्कल गाउँपालिका —४ स्थित खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका सामाग्री हस्तानतरण गरेको छ । आज एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार तथा उपाध्यक्ष राजु बरालको उपस्थितीमा डिभिजन वन अधिकृत प्रल्हाद प्रसाद धितालले सामाग्री हस्तानतरण गर्नुभएको हो ।
    दिनानुदिन डढेलो वन ध्वस्त भइरहेको अवस्थामा डिभिजन वन कार्यालय सिन्धुलीले खाङसाङ प्रहरी चौकीलाई पानि ब्याग १ थान , फायर रेक ६ थान, सेफ्टि हेलमेट १० थान, सेफ्टि ग्लोब्स १० थान र फायर स्वाटर १० थान प्रदान गरिएको वन अधिकृत बन्दना बस्नेतले जानकारी दिनुभयो ।
    गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले वन डढेलो रोकथाम तथा नियन्त्रणको लागि वन कर्मचारी, स्थानीयतह,सुरक्षाकर्मी,सामुदायिक वन उपभोक्ता समुह र स्थानीयको सहयोग र समन्वय तथा सहकार्य भइरहेको बताउनुभयो ।
    उहाँले वननै ध्वस्त हुने गरि लागिहरेको डढेलो नियन्त्रणको लागि सरोकारवालाहरुको समन्य तथा सहयोग अझै प्रभावकारी ढङ्गले हुन आवश्यक रहेको बताउनु भएको थियो । मानवीय कारणबाटै प्राकृतिक सा्रेतहरु सखाप हुँदै गएकोले यस्ता गतिबिधि रोक्नको लागि गाउँपालिकाबाट पनि प्रयास भइरहेको भनाई राख्नुभयो ।
    डिभिजन वन कार्यालय सिन्धुलीका डिभिजन वन अधिकृत प्रल्हाद प्रसाद धितालले वनमा डढेलो लगाउन संलग्न व्यक्तिको पहिचान खुलाउने सुराकीलाई वन कार्यालयले उचित पुरस्कारको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
    डढेलो नियन्त्रणको लागि विभिन्न क्रियाकलाप गदैँ आएकोले यो पटक सहि सुचना दिने सुराकीलाई उचित पुरस्कार दिने व्यवस्था गरिएको डिभिजन वन अधिकृत धितालले बताउनुभयो ।