• वैशाख २३, सिन्धुली/ड्रोनको सहायताले वनमा डढेलो सल्काउने व्यक्तिको पहिचान गर्न सुरु गरिएको छ । डिभिजन वन कार्यालय मरिणले वनमा डढेलो लगाउने व्यक्तिको पहिचान गरि कानुनी कारबाही गर्ने उदेश्यले वनमा ड्रोन उडाउन सुरु गरेको हो ।
    आइतबार हरिहरपुरगढी गाउँपालिकाको विभिन्न सामुदायिक वनमा ड्रोन उडाइएको थियो । वनमा डढेलो मानविय कारणबाटै लाग्ने भएकोले डढेलो लगाउने व्यक्तिको पहिचान गर्न सामुदायिक वनमा ड्रोन उडाइएको डिभिजन वन कार्यालय मरिणका प्रमुख अजय विक्रम मानन्धरले बताउनु भएको छ ।

    वन डढेलो नियन्त्रणको लागि अनेकौँ प्रयास गरेपनि नियन्त्रण नहुँदा नयाँ विकल्प अपनाइएको प्रमुख मानन्धरले बताउनुभयो । “ड्रोनको सहयताले अनुगमनको काम सुरु गरेका छौँ । ड्रोनबाट खिचिएको फोटो, भिडियोमा आगो लगाउने व्यक्ति देखिएमा अनुसन्धान सुरु गछौँ । कुनै व्यक्तिले आरोप लगाएको भरमा मुद्धा लगाउन मिल्दैन । त्यसको लागि हामिलाई दरिलो प्रमाण चाहिन्छ । ; मानन्धरले भन्नुभयो ।
    “स्थानियले नै वनमा आगो लगाइदिन्छन् । स्थानीयलेनै फोन गरेर डढेलो लागेको खबर दिन्छन् । भएका स्रोत साधनबाट हामिले नियन्त्रणको लागि निरन्तर प्रयास गरेपनि बर्षेनि वन डढेलोबाट करोडौँ क्षति हुने गर्दछ । ; उहाँले थप्नुभयो ।
    जिल्लाको ९ वटा पालिका मध्ये ४ वटा गाउँपालिका मरिण,हरिहरपुरगढी,घ्याङलेख ,सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकाको १ नम्बर वडा वन डिभिजन कार्यालय मरिणको मातहतमा रहेको छ । सो ठाउँका सामुदायि वनहरुमा सम्बन्धित पालिकाको सहयोगमा नियमित रुपमा वनमा ड्रोन उडाउने तयारीमा छ ।
    “अबको तीन महिना (चैत, वैशाख र जेठ) बेजोडले हावाहुरी चल्ने भएकोले घर, गोठ र वन/जंगलमा लागेको आगो हावाहुरीले छिटो र टाढासम्म पु¥याउँछ । वन र मानववस्ती जोडिएका छन् । मानव बस्तीमा लागेको आगो वनमा सल्किन र वनमा लागेको आगो मानवबस्तीमा सल्किन बेर नै लाग्दैन । यसकारण अबका केही महिना एकदमै चनाखो हुनुपर्ने समय हो । ; प्रमुख मानन्धरले भन्नुभयो ।
    डिभिजन वन कार्यालयले आगो लगाउने व्यक्तिको पहिचानको लागि ड्रोन उडाएको भन्ने खबरले स्थानीय पनि केहि मात्रमा हच्किने बताउनुहुँदै उहाँले आगो लगाउने व्यक्ति पत्ता लागेर कारबाही गर्न सक्यौँ भने वन डढेलो नियन्त्रण हुने आसा रहेको बताउनुभयो ।
    वनमा वन्यजन्तुको शिकार गर्नको लागि आगो लगाउँदा, प्राइभेट गाडिमा सवार व्यक्तिहरुले चुरोटको ठुटा फाल्दिदा, बालबालिकाले अन्य ठाउँमा देखेर रमाइलोको लागि आगो सल्काउनाले वनमा बर्षेनि भिषण डढेलो लाग्ने गरको पाइन्छ ।
    वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको विगो असुल गरि तीनवर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । जिल्लाको ९ वटा पालिका मध्ये ५ वटा पालिका वन डिभिजन कार्यालय सिन्धुलीको जिम्मेवारीमा छ भने वन डिभिजन कार्यालय मरिणको जिम्मेवारी भित्र ४ वटा पालिका पर्दछ ।
    हाल सम्म जिल्लामा ४ हजार हेक्टर क्षेत्रफल भन्दा बढी वनमा डढेलो लागेको छ ।