घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना, उपाध्यक्ष घलान सहित तीन जना घाईते
बैशाख २१, सिन्धुली/ घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष शंकरमान घलान सवार गाडी दुर्घटना भएको छ । सिन्धुलीको हरिहरपुरगढीमा कार्यक्रम सकेर घ्याङ्लेख घर फर्किने क्रममा उपाध्यक्ष सवार बा २ झ ४३९७ नम्बरको गाडी घ्याङ्लेख गाउँपालिका ४ मधुवनीमा दुर्घटना भएको हो ।
दुर्घटनामा उपाध्यक्ष घलान सहित ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। दुर्घटनामा उपाध्यक्ष घलानको श्रीमती नानीमाया घलान, डाईभर राजकुमार वाईवा घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
घाईते तीनै जनाको अबस्था खतरा मुक्त रहेको र उपचारको लागि धुलिखेल अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
हरिहरपुरगढी गाँउपालीकामा वामगती प्रदेश सरकार प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको आवधिक योजना तर्जुमा गोष्ठीबाट मरिण गाँउपालीका हुँदै घ्याङलेख जाने क्रममा गाडी दुर्घटना भएको हो । गाडी आफै अनियन्त्रित भई सडकबाट १५ मिटर तल रूखमा अड्किएक छ ।