• वैशाख ११,सिन्धुली/सिन्धुलीको सुनकोशी गाउँपालिका — ४ ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी पिडितलाई खाद्यान्न लगायतका सामाग्री वितरण गरिएको छ । सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा र उपाध्यक्ष कपिल कुमार कोइराला आफै अग्नी पिडितको घरमा राहातको सामाग्री लिएर पुग्नुभएको छ ।
    अग्नी पिडितहरुलाई दाल,चामल, नुन, तेल लगायतका दैनिक उपयोग हुने सामाग्री वितरण गरिएको अध्यक्ष दिपा बोहोराले बताउनु भयो । डढेलोले घरमा रहेका अन्न, कपडा, लालपुर्जा, नागरिकता, गरगहना सबै खरानी भए अहिले खाने सामल नभएकोले गाउँपालिबाट राहात सहयोग गरिएको उहाँले बताउनु भयो ।
    सामुदायिक वनमा आइतबारबाट सल्किएको डढेलो बस्तिमा पसेको थियो । डढेलोले ताम्लीङ र कोटगाउँको खानेपानीको पाइप जलेकोले पानी नै खान नपाउने स्थानीयले गुनासो गरेका छन् ।
    गाउँपालिकाबाट पहिलो चरणको राहात सामाग्री सहयोग गरिएको बताउनुहुँदै गाउँपालिकाका उपाध्यक्ष कपिल कुमार कोइरालाले खानेपानीको पाइप तत्काल उपलब्ध गरी खानेपानीको व्यवस्था गरिने बताउनु भएको छ ।
    सुनकोशी गाउँपालिका –४ स्थित सामुदायिक वनमा लागेको डढेलो गाउँमा फैलिएको थियो । बस्तिमा फैलिएको डढेलोले स्थानीयको ६ घर २ गोठ जलेर नष्ट भएको छ । घरमा रहेको धनमाल ,लक्ताकपडा, लालपुर्जा, नागरिकता, गरगहना तथा गोठमा बाधिएका शुचौपाय जलेर नष्ट हुँदा ५० लबखथ बराबरको क्षति भएको गाउँपालिकाले आँकलन गरेको छ ।