-
बैशाख ११, सिन्धुली/१७ औं विजय कुमार न्यौपाने (शैलेस) स्मृति दिवसको अवसरमा गोलन्जोर गाउँपालिकाको विभिन्न स्थानमा मन्दिर तथा मन्दिरको गेटको शिलान्यास गरिएको छ । दिवसको अवसरमा एकैदिन ३ वटा मन्दिर र एउटा मन्दिरको गेट शिलान्यास गरिएको हो ।
News Desk 0 response मङ्लबार, बैशाख ११, २०८१
प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन ) , बागमती प्रदेश सांसद शुष्पा भुजेल, गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल तथा उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेको उपस्थितीमा शिलान्यास गरिएको थियो ।
प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ( राजन) ले धार्मिक स्थल, सम्पदा संरक्षण कार्यले गोलन्जोरकोे आन्तरिक र बाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । मन्दिर निर्माणको लागि आवश्यक बजेट बिनियोजनको लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । नागरिकको अपेक्षा अनुसारको बिकास निर्माणको काम गर्दै जाने बताउनुहुँदै मन्दिर निर्माण पश्चात संरक्षणको दायित्व स्थानीयको हुने भएकाले संरक्षणमा जुट्न उहाँले आग्रह समेत गर्नुभएको थियो ।
बागमती प्रदेशको पर्यटन विकास आयोजनाको आर्थिक सहयोगमा मन्दिर तथा बृद्धाआश्रम निर्माण गरिने भएको बागमती प्रदेशका सदस्य शुष्पा भुजेलले बताउनु भयो । प्रदेश सदस्य भुजेलको श्रीमान विजय कुमार न्यौपाने (शैलेस) १७ औं स्मृति दिवसको अवसरमा शिलान्यास गरिएको थियो ।
गोलन्जोर गाउँपालिका —१ च्याखुटार बेसीमा कृष्ण मन्दीर निर्माणको लागि ८ लाख बजेट बिनियोजन भएको छ भने मन्दिर निर्माणको लागि एभरग्रीन कन्स्ट्रक्सन सिन्धुलीले ठेक्का पाएको गाउँपालिकाका अध्यक्ष बरालले जानकारी दिनुभयो । वडा नम्बर —३ सुलिभन्ज्याङ्ग स्थित भिमलेश्वर महादेव मन्दिरको गेट निर्माणको लागि १० लाख बजेट बिनियोजन भएको छ । सो मन्दिर निर्माणको लागि एभरलास्टिङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि सिन्धुलीले ठेक्का पाएको छ ।
मन्दिर निर्माणको लागि प्रदेश सरकार बाट बजेट ब्यवस्था गर्न प्रत्यक्ष पहल गर्नु हुने बागमती प्रदेश सभा सदस्य मा शुष्पा भुजेल (आस्था) कार्यक्रमका जनप्रतिनीधीहरु, समाजसेवि स्थानीयवासी लगायत सम्पुर्णले धन्यवाद ब्यक्त गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२